सुरेश चन्द्र घिमिरेस्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ कस्तो बढ्छ हेर्नु पर्छ
पालुवा चिल्लै छ फोस्रिए उसलाई पनि फेर्नु पर्छ
कुन जातको बिरुवा हो भनी जान्न सबै उत्सुक छन्
कलमी बिरुवा नक्कली भए कर्तव्यले केर्नु पर्छ
धोद्रा बुढा बृक्षले फल दिंदैन भनी उखेलिदियौ
फलमा ऐजेरू पलाउन खोजे मालीले खेर्नु पर्छ
नव बृक्षको हाँगा शुरूबाटै प्रुनिङ गर्दै मिलाउँ
सुन्दर वागमा च्यापिएका हाँगा डोरीले बेर्नु पर्छ
अमृत वृक्ष भनी बिरुवा मलजल गर्न थालियो
बिष फल फलेमा टेकेको लौरो उठाई घेर्नु पर्छ ।
लमजुङ
Subscribe
Login
0 Comments
Oldest






































