साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली ‘खोरिया’

गर्दथ्यौँ काम किसानी थिएन हाम्रो पढाइ कोट्याई नङ्ग्रा माटोमा हुन्थ्यो लडाईं । बुढ्यौली तन भएछ मनको जोश गएछ श्रवण शक्ति घट्दैछ रोग बढ्दैछ !

Nepal Telecom ad

१) अतीत कुरा सम्झना
कहँदै हाम्रा बाबाले
पत्यार पनि नलाग्ने
भन्छन् दावाले ।

२) महिनौ दिन लाएर
नेपाल जाने गर्दथ्यौँ
नुन तेलको जोहोमा
ठोरी झर्दथ्यौँ ।

३) भैँसीको गोठ लेकमा
बर्सेनि लाने गर्दथ्यौँ
जाडोमा बेसी पाखामा
गोठ सार्दथ्यौँ ।

४) कछाड भोटो हरमा
चप्पल के हो थाछैन
स्विटर कुन चराको
नामै पाछैन ।

५) आटोको खाना खाएर
दुधमा पौडी खेल्दथ्यौँ
दाउरा बाल्दै गोठमा
जाडो छेल्दथ्यौँ ।

६) लेकाली टुसा तर्कारी
घिउमा छड्कि पाक्दथ्यो
मिठौरे स्वादे जिभ्रोमा
मीठो लाग्दथ्यो ।

७) दहीले भाँडा भरिए
देग्चीमा दही पकायौँ
छोक्रा र पानी छुट्टियो
नौनी निकाल्यौँ ।

८) महिना हुँदा घरमा
डोकोमा खर्च भर्दथ्यौँ
ठेकीमा घिउ राखेर
घर झर्दथ्यौँ ।

९) गर्दथ्यौँ काम किसानी
थिएन हाम्रो पढाइ
कोट्याई नङ्ग्रा माटोमा
हुन्थ्यो लडाईं ।

१०) बुढ्यौली तन भएछ
मनको जोश गएछ
श्रवण शक्ति घट्दैछ
रोग बढ्दैछ !

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईर्ष्याले सेरिए

ईर्ष्याले सेरिए

सुरेश चन्द्र घिमिरे
जेष्ठ नागरिक हाम्रा गहना हुन्

जेष्ठ नागरिक हाम्रा गहना...

सुरेश चन्द्र घिमिरे
बुढ्यौली कथा

बुढ्यौली कथा

सुरेश चन्द्र घिमिरे
चुनावी गजल

चुनावी गजल

सुरेश चन्द्र घिमिरे
स्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ

सुरेश चन्द्र घिमिरे
बृद्धाश्रम

बृद्धाश्रम

सुरेश चन्द्र घिमिरे
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x