बागमती प्रदेश सञ्चार कार्यालय लामो

बृद्धाश्रम

बृद्ध भनेको बुढाहरू, आश्रम भनेको बस्ने ठाउँ, बुढापाकाहरू बस्ने ठाउँ हो किन सोध्यौ बाबु ?

नाति : हजुरआमा बृद्धाश्रम भनेको के हो ?
हजुरआमा : मलाइ थाहा छैन बाबु हजुरबालाई सोध है
नाति : हजुरबा बृद्धाश्रम भनेको के हो ?
हजुरबा : बृद्ध भनेको बुढाहरू, आश्रम भनेको बस्ने ठाउँ, बुढापाकाहरू बस्ने ठाउँ हो किन सोध्यौ बाबु ?
नाति : मैले नजानेर सोधेको हजुरबा ।
हजुरबा : किन कसैले कुरा गरेको सुन्यौ र ?

नाति : मेरो ममि र बाबाले भनेको सुनेको, हिजो राती नि हजुरहरू सुत्न गएपछि बाबा र ममिले मलाइ निदाएको छ कि छैन भनेर परिक्षण गर्न बाबु भनेर बोलाउनु भयो अनि म बोलिन र सुनिरहें ।
हजुरबा : अनि अरु कुरा के भने तिम्रो बाबा ममिले ?
नाति : दुबै जनाले सल्लाह गर्दै भन्नु भएको बाबालाई अमेरिका जाने डि भि पर्यो रे अव अमेरिका गएर बस्ने रे, गाउँको पैत्रिक जग्गा र सहरको घर बिक्री गरेर जाने, त्यहाँ गएर २ वटा गाडी किन्ने, घर किन्ने र त्यहाँ चाहिने घरायसी सामान पनि यहिँबाट किनेर लाने भन्नु भएको छ ।
हजुरबा : घर जग्गा बिक्री गरेर हामी बुढाबुढी कता जाने रे कि हामीलाई पनि उतै साथै लैजाने भनेका छन् त्यो कुरा पनि सुन्यौ कि बाबु ?

नाति : सबै कुरा सुनें र बुझें पनि हजुरबा, अवत म पनि कक्षा आठमा पढ्ने भैसकेको छु नि, हजुरहरू दुवै जनाले पढ्नु भएको छैन यस्ता अनपढलाई साथै लैजानु हुँदैन फेरि हजुरहरू रोगी पनि हुनुहुन्छ र त्यहाँ लैजाँदा धेरै खर्च लाग्छ उपचार गराईरहनु पर्छ औषधिमा धेरै खर्च लाग्छ रे ।
हजुरबा : हामीलाई कसले पालनपोषण गर्ने रे यहाँ ?
नाति : हजुरहरूको १ जनाको बृद्ध भत्ता आउँछ त्यही खर्च खाएर यहीँ सहरको बृद्धाश्रममा बस्ने अरे ।
हजुरबा हजुरआमा : हँ … बृद्धाश्रममा ….? (दुवै भावुक हुन्छन्)
हजुरआमा : बाबु तिम्रो बाबालाइ पढाउन मैले खाइ नखाई रात दिन पिठ्यूँमा बोकेर मेलापात गरेर खुवाएर हुर्काएँ हजुरबाले पनि दुःख गरेर कमाएर ल्याउने, तिमीहरूलाई पालन पोषण गर्ने सकि नसकि बोर्डिङमा पढाएर एम ए पास गराउनुभयो, छोराले पढ्यो भनेर हामी पनि धेरै खुसी भयौं अव हाम्रो सुखको दिन आउँछ कि भनि आसै आसाले बस्यौं, आज आएर कमाएर पाल्ने त परै जाओस् हामीले कमाएको जग्गा पनि बिक्री गरेर हामीलाई बिल्लवाठ बनाउने भयो धिक्कार रहेछ हाम्रो भाग्य हाम्रो कमाई हाम्रो आसा ।

नाति : मेरो बाबाले हजुरहरूलाई केही दिनको लागि तीर्थ गर्न जाउँ भनेर लैजाने र सहरको मन्दिरमा घुमाएर बृद्धाश्रमको भित्र वरिपरि घुमाइदिने भनेर गेटभित्र लैजाने र बाबाले त्यही बेलामा सम्पूर्ण काम गरेर तपाईंहरू एकछिन यहाँ बस्नोस है एकछिनपछि हामी आउँछौं भनेर बृद्धाश्रम छोडेर हिंड्ने भन्नुभएको छ ।
हजुरबा : अब तिमीहरू पनि हामीलाई वृद्धाश्रम छोडेर अमेरिका जान्छौ ?
नाति : नाई म त हजुरहरूलाई नलिइ जान्न, वावाले भन्दा हजुरहरूले हामीलाई धेरै माया गर्नुहुन्छ ।

हजुरबा : तिम्रो बुबाले जाउँ भनेपछि जानु परेन त ।
नाति : म त हजुरहरूसँगै बस्छु यस्ता बुढाबुढीलाई छोडेर म जान्छु त नि (नाति टोलायो र चिन्ता गर्न लाग्यो)
केही दिनपछि घर जग्गा पनि बिक्री भयो ।
छोरा : बुबा आमा मैले हजुरहरूलाइ भोलि सहर घुमाउन र तीर्थ गर्न लैजान्छु तयारी हुनुस् है ।

भोलिपल्ट
छोरा : बुबा अव खाना खाएर तयारी हुनुस फेर्ने कपडा पनि राख्नुस् हामीहरू पनि तयारी हुन्छौं ।
बाबा आमा छोरा बुहारी घरबाट जान निस्किए र नाति पनि पछि लाग्यो ।
छोरा : बाबु तिमी नआउ दिदीसँग घरै बस हामी दुइ तीन दिन पछि आउँछौ ।
नाति : नाई म पनि हजुरबा आमासँग साथै जान्छु ।
त्यति भन्दाभन्दै गाडी पनि आइहाल्यो र पाँचै जना गाडीमा चढे , केही समय पछि सहर पनि आयो त्यहाँको प्रसिद्ध मन्दिरमा घुम्ने दर्शन गर्ने काम सकिएपछि त्यहाँबाट केही पर बृद्धाश्रम थियो र सबैजना त्यहाँ पुगे ।

छोरा : यो गेटबाट भित्र जाउँ ।
हजुरबा : किन बृद्धाश्रम ल्याएको हामीलाई ?
छोरा : त्यहाँ भित्र रमाईलो पार्क छ त्यही हेर्न जाने ।
(भित्र पसेपछि ३ जना घुम्न लागे र छोराले त्यही बेलामा बाआमालाई बृद्धाश्रममा राख्ने तारतम्य मिलायो ।)
छोरा : हजुरहरू यहाँ बस्नोस हामी पर एक ठाउँमा काम छ त्यहाँ पुगेर आउँछौं भनेर दुबैजना निस्किए तर नाति निस्किएन । उस्को बाबाले जाउँ भनेर भन्यो छोराले मान्दै मानेन । बाबु आउन छिटो हामीलाई जान ढिला हुन्छ ।
नाति : म जान्न, हजुरहरूले आज बृद्ध बाआमालाई बृद्धाश्रम छोडेर बिदेश जान लाग्नुभएको छ हैन ?
छोरा : हैन कस्ले भन्यो बाबु तिमीलाई ?

नाति : मैले सबै कुरा हजुरहरूको मुखबाट सुनेको छु, म जाँदै जान्न हजुरहरू जानुस् म बुढाबुढीको सेवा गरेर बस्छु । हजुरको करोडौंको सम्पति हजुरबाले खाईनखाई जोडेर राख्नुभएको थियो आज त्यही जग्गा घर बिक्री गरेर अशक्त बुढा बा आमालाई छोडेर जान लाग्नुभयो हैन, हजुरहरू स्वार्थी हुनुहुँदो रहेछ मैले पनि आज यही पाठ सिकें । हजुरहरूले पनि बिदेश गएर किनेको घर जग्गा हजुर अशक्त भएको बेलामा विक्री गरेर बृद्धाश्रम लगेर छोड्छु र अन्यत्र जान्छु त्यो बेलामा हजुरहरूले कस्तो महशुस गर्नु हुन्छ कल्पना गर्नुस् त बाबा ममी, त्यतिबेला हजुरबा आमाप्रति गरेको कुकर्मको फल भोग्दै पश्चाताप गरेर बसेको हेर्छु । मानव जब बृद्ध अशक्त हुन्छन् त्यो बेलामा वल्ल परिवारको सहारा, माया ममता चाहिन्छ, यही नै हो छोरा हुनुको धर्म, यही नै हो त हजुरप्रति बुढाबुढीको सपना ? यही गर्नुहोला भनेर शिक्षा दिनु भएको हो ? छोराछोरीको कर्तब्य यही हो ? ममि हजुरको आमालाई पनि मामा माइजूले यस्तै व्यवहार गरे हजुरलाई कस्तो लाग्छ होला कल्पना गर्नुस् त । त्यति कुरा नातिले भनेपछि छोरा बुहारी मुखामुख गर्दै (लाजले भुतुक्कै भई बाबु आमाको खुट्टा समातेर रुँदै ढोग्दै) हामीले जीवनमा ठूलो गल्ति गर्न लागेका रहेछौं आज बेलैमा बाबुले आँखा खोलिदियो , हामी शिक्षित भएर पनि पढाई, धनको घमण्ड गर्‍यौं तर सानो बाबुले थोरै पढे तापनि व्यहारिक शिक्षा दियो भनेर बाबा आमालाई अँगालो हाल्दै पश्चाताप मानेर अब आयन्दा कहिल्यै पनि यस्तो गल्ती नगर्ने भन्दै माफी मागे ।)

नाति : बाबा ममी हुन त हजुरहरूले मलाई जन्म दिनु भएको हो तर हजुरहरूको कुरा मैले मानिन किनकि मैले हजुरहरूको प्रवृत्तिप्रति मलाइ चित्त नबुझेको हो यस्तो रोग कसैको परिवारलाइ पनि नहोस् ।
हजुरबा : छोरा आज मेरो नातीले ठूलो दुर्घटना हुनबाट जोगायाै तिमीहरूले माफि माग्यौ हामी पनि तिमीहरूलाई माफी दिन्छौं । (यति कुरा भैसकेपछि सबैले नातिलाई अँगालो हाल्दै भावुक बने ।)
छोरा : हामीले पैसा फिर्ता लिएर आउँछौं हजुरहरू एकछिन बस्दै गर्नुस् है ।  (एकछिनपछि सबैजना घरतिर गए)
छोरा : बुबा हामी अहिले बिदेश जान्छौं हजुरहरूलाई त्यहाँ पुगेपछि भिसा पठाउँछौ अनि साथै लिएर जान्छौं है भनेर बुबा आमालाइ बस्ने व्यवस्था गरेर ४ जना बिदेश गए त्यसको ४/५ महिनापछि भिसा पठाइदिएर बिदेश लगे र त्यहाँ पुगेपछि सबै परिवार हाँसी खुसी बिदेशमै जीवन यापन गरे ।

दोर्दी गा.पा. ३ लमजुङ

बागमती प्रदेश सञ्चार कार्यालय लामो
हान्न नसक्नेहरू

हान्न नसक्नेहरू

सुरेश चन्द्र घिमिरे
बुढ्यौली

बुढ्यौली

पुण्य खरेल