साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि ज्ञान उदासको कविता कृति सार्वजनिक

वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ समालोचक तथा नाटककार अभि सुवेदी, साहित्यप्रेमी तथा समारोहका सभापति प्रेमा उदास, कथाकार जलेश्वरी श्रेष्ठले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, १२ डिसेम्बर, २०२२ । वरिष्ठ कवि ज्ञान उदासको नेपाली र अंग्रेजीमा अनुदित प्रतिनिधि कविताहरूको सङ्ग्रह ‘मीठो कविता’ काठमाडौंमा शनिवार सार्वजनिक गरिएको छ ।

वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ समालोचक तथा नाटककार अभि सुवेदी, साहित्यप्रेमी तथा समारोहका सभापति प्रेमा उदास, कथाकार जलेश्वरी श्रेष्ठले संयुक्तरुपमा उक्त कृति सार्वजनिक गर्नु भएको थियो ।

काठामाडौं मित्रपार्कमा आयोजित सो समारोहमा प्रमुख अतिति तुलसी दिवसले कविहरूले कसैको नक्कल नगरि आफूले देखेको, भोगेको, जीवन र जगतले अनुभूत गरेको यर्थाथ निडरतापूर्वक कवितामा व्यक्त गर्न सके त्यो कविता जीवन्त हुने बताउनु भयो । कवि उदासका कवितामा उक्त विशेषता रहेको बताउनु भयो ।

समारोहमा अभि सुवेदीले ज्ञान उदास बाल्यकालदेखिको भावना मिल्ने अभिन्न साथी भएकोले उनको बारेमा र उनको लेखनको बारेमा परिचित रहेको बताउनु भयो । उनका दुई कवितासङ्ग्र्रहमा भूमिका लेखेको स्मरण गराउनु भयो । अर्का वक्ता डा. शिव रिजालले कवि उदासको कृति भित्रबाट केही कविता वाचन गर्नु भएको थियो ।

पूर्व चैनपुरमा जन्मनु भएको कवि उदास उमेरले सत्तरी दशकको उत्तरार्धमा पुगे पनि अझै लेखनमा सक्रिय हुनुहुन्छ । सशक्त कवि उदासका कविता मानव, प्रकृति र समाजको भावनात्मक विषयमा केन्द्रित छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘मीठो कविता’ सङ्ग्र्रहका २९ वटा कविताहरू डा. अभि सुवेदी, प्रा.डा. गोविन्दराज भट्टराई, पीटर जे कार्थक, रमेश श्रेष्ठ, मोनिका मुखिया, वन्दना श्रेष्ठ, शलिल सुवेदी र गिरिश सुवेदीले अनुवाद गर्नु भएको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x