साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न लोकतन्त्र खास छन्

निराश मात्र देखियो स्वधर्म मास्न व्यस्त छन् । सकिन्न हेर्न देशमा अधर्मी चित्तको चरु ।

Nepal Telecom ad

कि मर्छ चेतना कतै भएर जीणर् आवरु
कि सर्छ बोट आशको मरेर बाच्दछन् तरु -१

न लोकतन्त्र खास छन् न सारथी उदार छन्
भयो विदीणर् काँचझैँ स्वदेश भेष यो मरु -२

चिरेर चर्म चोटमा चुमिन्न चाहना कतै
जहान रुष्ट बन्दछन् लुटेर जो खुशीहरू -३

लडेर दाजुभाइमा जितिन्न युद्ध बाहिरी
हरेर लान्छ ए-कता र कूटनीति पो बरु -४

निदाइ मस्त देखिए उठाउनेछ कर्मले
छ नाटकीय पात्र जो तिनै बनिन्छ भत्खरू -५

सबै भएर रित्तियो र रित्तिएर भत्कियो
रहेन प्राणका जिली सके हिमालका करु -६

निराश मात्र देखियो स्वधर्म मास्न व्यस्त छन्
सकिन्न हेर्न देशमा अधर्मी चित्तको चरु -७

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x