सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हुकुम्बासी हुङ्कार

चार तले ठुली नाच्दै, व्याख्या गर्थिन् छुरीसँगै । ठेलागाडा उठाए छन्, लाजै हाँस्यो कुरीसँगै । ढुंगामुढा उठा चम्चा, अर्को सुट सिलाउँला । पेट्राेल बम फाल्दै जा, बस्ने ठाउँ मिलाउँला ।

Nepal Telecom ad

हुकुम्बासी भनेरै पो, हप्काइन्छ लघारिन्छ
भत्काउँदै कराएका, भिडियो झन् बनाइन्छ
दुखी मान्छे सुकुम्बासी, थोत्रा फ्याँक्दा खुशी गए
नेताजीका नयाँ छाप्रा, नबस्दै पो ढुसी भए ।।

भाडामा छ खुशी मेरो, झोले भन्दा मनै दुख्यो
डाक्टरका बा-आमा, सत्ता पिच्छे झनै दुख्यो
खेलाडी हुँ कराँतेको, तर्सिन्न है पिटे पनि
डग्मगाई लुलो हुन्न, मट्टीतेल छिटे पनि ।।

सन्तान छन् प्रवासी ती आफू पढ्दै पढे भयो
बुढौली जिन्दगी हो यो, ओत्ने छानो अडे भयो
लालपुर्जा दिने भन्दै, लोभ्याएथे निरन्तर
डोजरली तिनै आए, लठ्ठी साह्रै मनोहर ।।

बाबुराम हरामी थ्यो, भन्ने गर्थे यताउता
आए बालेन्द्र आगो भै, दुःख हट्नु कताकता
पोका बोकी किनारीमा, इमान्दारी निभाउँथे
हामी खेद्छौं तिमी भाग्नु, सम्झाउँथे बुझाउँथे ।।

चार तले ठुली नाच्दै, व्याख्या गर्थिन् छुरीसँगै
ठेलागाडा उठाए छन्, लाजै हाँस्यो कुरीसँगै
ढुंगामुढा उठा चम्चा, अर्को सुट सिलाउँला
पेट्राेल बम फाल्दै जा, बस्ने ठाउँ मिलाउँला ।।

०००
ठिमी, भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीपन

बुढ्यौलीपन

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
बा

बा

इन्दिरा प्रयास
कर्मचारी

कर्मचारी

इन्दिरा प्रयास
भानु जयन्ती

भानु जयन्ती

इन्दिरा प्रयास
बाबा

बाबा

इन्दिरा प्रयास
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे