साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुकुम्बासी हुङ्कार

चार तले ठुली नाच्दै, व्याख्या गर्थिन् छुरीसँगै । ठेलागाडा उठाए छन्, लाजै हाँस्यो कुरीसँगै । ढुंगामुढा उठा चम्चा, अर्को सुट सिलाउँला । पेट्राेल बम फाल्दै जा, बस्ने ठाउँ मिलाउँला ।

Nepal Telecom ad

हुकुम्बासी भनेरै पो, हप्काइन्छ लघारिन्छ
भत्काउँदै कराएका, भिडियो झन् बनाइन्छ
दुखी मान्छे सुकुम्बासी, थोत्रा फ्याँक्दा खुशी गए
नेताजीका नयाँ छाप्रा, नबस्दै पो ढुसी भए ।।

भाडामा छ खुशी मेरो, झोले भन्दा मनै दुख्यो
डाक्टरका बा-आमा, सत्ता पिच्छे झनै दुख्यो
खेलाडी हुँ कराँतेको, तर्सिन्न है पिटे पनि
डग्मगाई लुलो हुन्न, मट्टीतेल छिटे पनि ।।

सन्तान छन् प्रवासी ती आफू पढ्दै पढे भयो
बुढौली जिन्दगी हो यो, ओत्ने छानो अडे भयो
लालपुर्जा दिने भन्दै, लोभ्याएथे निरन्तर
डोजरली तिनै आए, लठ्ठी साह्रै मनोहर ।।

बाबुराम हरामी थ्यो, भन्ने गर्थे यताउता
आए बालेन्द्र आगो भै, दुःख हट्नु कताकता
पोका बोकी किनारीमा, इमान्दारी निभाउँथे
हामी खेद्छौं तिमी भाग्नु, सम्झाउँथे बुझाउँथे ।।

चार तले ठुली नाच्दै, व्याख्या गर्थिन् छुरीसँगै
ठेलागाडा उठाए छन्, लाजै हाँस्यो कुरीसँगै
ढुंगामुढा उठा चम्चा, अर्को सुट सिलाउँला
पेट्राेल बम फाल्दै जा, बस्ने ठाउँ मिलाउँला ।।

०००
ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x