साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार अर्पण गर्दै कवि गोष्ठी

महाकवि लक्ष्मीप्रसाद देवकोटा र ज्यो हरिप्रसाद घिमिरेको तस्विरमा माला तथा पुष्पार्पण गर्दे प्रा.डा तथा वेदान्त शास्त्रका ज्ञाता दीर्घराज घिमिरेलाई नगद तीस हजारसहित, अभिनन्दनपत्र र दोसल्ला ओडाएर अभिनन्दन गरियो ।.

Nepal Telecom ad

काठमाडौं, २०८१ कार्तिक २९ । अभिनव साहित्य समाजले २७३ औ शृङ्खला अन्तर्गत १७ औं हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार तथा सम्मान अर्पण र कवि गोष्ठी सम्पन्न गरेको छ ।

उपाध्यक्ष विमल अर्यालको सभापतित्व, जगमान गुरुङको प्रमुख आतिथ्य, संविधान सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री श्री रामेश्वर फुलाल, विजय चालिसे, प्रह्लाद पोखरेल, शीतल गिरीलगायतको विशेष आतिथ्य रहेको थियो । प्रमुख अतिथि तथा विशेष अतिथि र संस्थाका पदाधिकारीहरूले संयुक्त रुपमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र ज्यो हरिप्रसाद घिमिरेको तस्विरमा माला तथा पुष्पार्पण गर्दे प्रा.डा तथा वेदान्त शास्त्रका ज्ञाता दीर्घराज घिमिरेलाई नगद तीस हजारसहित, अभिनन्दनपत्र र दोसल्ला ओडाएर अभिनन्दन गरियो ।.

प्रमुख अतिथि तथा अन्य विशेष अतिथिहरूले महाकवि देवकोटा, पुरस्कृत व्यक्तित्व तथा प्रमुख अतिथिकै विषयमा मन्तव्य राख्नुभएको थियो । शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुलीको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रममा, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको धन्यवाद अर्पण, महाकविको कृतित्व, सम्मानित व्यक्तित्व र ज्यो हरिप्रसादको विषयमा मन्तव्य दिनुभएको थियो ।

रचना वाचनसमेत गरी सहभागीता जनाउनेहरूमा उध्वव रायमाझी, रामप्रसाद बराल, केशव पुडासैनी, हरिप्रसाद खतिवडा, डा निर्मल घिमिरे, केशव घिमिरे, रामहरि घिमिरे, ऋषि घिमिरे, कमला घिमिरे, श्रीधर घिमिरे, मधुसूदन घिमिरे, निसा दाहाल, सीता दाहाल, विजयध्वज थापा, गोपाल बराल, बाजुराम पौडेल, मधुसूदन घिमिरे, बद्री अर्याल, रामेश्वर श्रेष्ठ, डा. बालचन्द्र मिश्र, कविराज घिमिरे, राजेश राई, गणेश खतिवडा, प्रकाश गफाडी, दिवाकर न्योपाने कृष्णप्रसाद पौडेल जस्ताघरे, वासुदेव पौडेल, शम्भु गजुरेल, पुनम घिमिरे, खगेन्द्रप्रसाद कोइराला, दुर्गा भवानी भट्ट, खोलाघरे साइलो, प्रतीक घिमिरे, नानी बाबा अधिकारी, अप्सरा ढकाल, एनवी जनकपुरी, विसुकुमार केसी, शान्ती रिसाल, एन्जेल निलु, भावना न्योपाने, सुशील आचार्य, सरिता दुलाल घिमिरे, ठाकुर प्रसाद खतिवडा, सुशील आचार्य, घनश्याम प्रसाई, सुमन पुडासैनी मित्र, नवराज पुडासैनी, ज्योत्स्ना, सुरेन्द्र रिमाल बि.पी. इलामे, मेनका पोखरेल आचार्य लगायत १०१ जनाको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x