साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- २५)

दायाँबायाँ नहेरी सुर जन भवका वृद्ध हाँसून् बिचारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल

जो बारी खेत जोडे पशुधन बटुले पूर्ण सुम्पे मलाई ।
मोती माणिक्य साँचे गृहपरिजनको भाव चङ्गा बनाई ।।
आएनन् भाव सङ्ला मनुज मनविषे हुन्न मान्छे बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२१।।

मेरा सर्वस्व स्रष्टा प्रभु सम म बुझूँ ज्येष्ठ हुन् श्रेष्ठ व्यक्ति।
गाथा गाई नसक्ने कृत गुण अति छन् राख्छु सम्मान भक्ति।।
सिङ्गो संसार चिन्ने असल पथ दिए हेर आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२२।।

छाती खोलेर राखे सुखसयल दिई योग्य व्यक्ति बनाए ।
मेरै रक्षार्थ लागे मनुज गुण दिए सभ्यतामा हिँडाए।।
राखूँ सद्भाव सङ्लो प्रभुसम जनमा भावना स्वच्छ पारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२३।।

भेटिन्छन् प्राप्ति सङ्ला बुध जनसँगमा राख्न सामीप्य जाने।
दुख्नेछन् चेत आफ्नै सब गुण अघिका जीर्ण हुन् मात्र ठाने।।
बाँच्नै पर्नेछ मैले हित बुध जनले जे दिए त्यो सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२४।।

खुल्ला होस् वक्ष हाम्रो सरस विनयी भाव पक्रेर बोलूँ ।
आफ्ना सङ्कष्ट जम्मै क्रम विधि जति छन् मुक्ति मिल्नेछ खोलूँ ।।
दायाँबायाँ नहेरी सुर जन भवका वृद्ध हाँसून् बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।२५।‌।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x