साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्न पाइने भो अब

झरेको दाँत राख्न कपाल उमार्नलाई बृद्धाद्वारा ब्यूटि पार्लर धाइने भो अब ।

Nepal Telecom ad

मरुभूमि नारायण :

फेशन चैं पाश्चात्य चाहिने भो अब
कुकुर बिराला पनि खाइने भो अब ।

नाङ्गिनकै लागि प्रतिस्पर्धा हुने गर्छ
हातको छोडौं इन्चकै लाइने भो अब ।

धाउन नपर्ने भयो युरोपका गल्लीमा
नग्न जोडी यतै देख्न पाइने भो अब ।

बिर्सिएर गाई भैसीको बोकाको दूध
हर घुड्कीमा जाँड पचाइने भो अब ।

लोक राष्ट्रिय गीतको महिमा कहाँ छ ?
सिधै ओ माइ सेक्सी गाइने भो अब ।

झरेको दाँत राख्न कपाल उमार्नलाई
बृद्धाद्वारा ब्यूटि पार्लर धाइने भो अब ।

बृद्धाहरू तन्नेरी हुने बुढीहरू तरुनी
रक्सीबोकी ओछ्यानमा आइने भो अब ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x