
देख्न पाइने भो अब
झरेको दाँत राख्न कपाल उमार्नलाई बृद्धाद्वारा ब्यूटि पार्लर धाइने भो अब ।

मरुभूमि नारायण :
फेशन चैं पाश्चात्य चाहिने भो अब
कुकुर बिराला पनि खाइने भो अब ।
नाङ्गिनकै लागि प्रतिस्पर्धा हुने गर्छ
हातको छोडौं इन्चकै लाइने भो अब ।
धाउन नपर्ने भयो युरोपका गल्लीमा
नग्न जोडी यतै देख्न पाइने भो अब ।
बिर्सिएर गाई भैसीको बोकाको दूध
हर घुड्कीमा जाँड पचाइने भो अब ।
लोक राष्ट्रिय गीतको महिमा कहाँ छ ?
सिधै ओ माइ सेक्सी गाइने भो अब ।
झरेको दाँत राख्न कपाल उमार्नलाई
बृद्धाद्वारा ब्यूटि पार्लर धाइने भो अब ।
बृद्धाहरू तन्नेरी हुने बुढीहरू तरुनी
रक्सीबोकी ओछ्यानमा आइने भो अब ।
०००
तनहूँ
Subscribe
Login
0 Comments
Oldest