फित्काैली डटकमकवि सन्तोषकुमार पोखरेलका तीन कृतिको लोकार्पण र अन्तरक्रिया
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य(सचिव धनप्रसाद सुवेदी, प्रा.संजीता बर्मा, राधेश्याम लेकाली, प्रा भागवत ढकाल, सरीता अर्याल र लेखक सन्तोषकुमार पोखरेलले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।

काठमाडौं, २०८१ पुष ९ । अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपालका बहुभाषिक कवि सन्तोषकुमार पोखरेलका तीन वटा काव्य कृतिको लोकार्पण र अन्तरक्रिया कार्यक्रम काठमाडौंको पुतलीसडकस्थित ग्रीनलीफ फूडमा सफलतापूर्वक सम्पन्न भएको छ ।
भख्खरै प्रकाशित उनको शून्यको यात्रा र अन्य कविताको लोकार्पण र The War & Other Poems र पहाड और सागर तथा अन्य कविताएँसमेत तीनै कृतिमाथि समीक्षा गरेर कार्यक्रम सकिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य(सचिव धनप्रसाद सुवेदी, प्रा.संजीता बर्मा, राधेश्याम लेकाली, प्रा भागवत ढकाल, सरीता अर्याल र लेखक सन्तोषकुमार पोखरेलले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
तीनवटा भाषामा लेखिएका एउटै लेखकका बिभिन्न तीन कृतिहरूमाथि एकैदिन एकैपटक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको संभवतः यो पहिलो पटक हो ।
नेपाली काव्य कृतिको समीक्षा अम्बिका अर्यालले गरेकी थिइन् भने हिन्दी र अङ्ग्रेजी काव्य कृतिका समीक्षक क्रमशः डिल्लीराम शर्मा संग्रौला र केशव सिग्देल थिए । कृष्ण प्रसाई र भगवती बस्नेतले पोखरेलका नेपाली कविता पढेका थिए भने राधेश्याम लेकालीले हिन्दी अनि महेश पौड्याल र गौरव ओझाले अङ्ग्रेजी कविता पाठ गरेका थिए ।
सन्तोषकुमार पोखरेल विश्वकवि, विश्वका स्वर्णकवि अन्तर्राष्ट्रिय उत्कृष्ट कवि र रसियाको सुनको प्वाँख जस्ता अन्तर्राष्ट्रिय पदवीहरूबाट अलङ्कृत नेपालका पहिला साहित्यकार हुन् । गएको सेप्टेम्बर महिनामा कविको रसियाको दुई महिने यात्राका दौरान भएका साहित्यिक सम्मेलनहरूमा पोखरेललाई म्याक्सिम गोर्की मेडल र रसियाको सुनको प्वाँख मेडलबाट विभूषित गरिएको थियो ।
पोखरेलका रचनाहरू मन छुने र विचारोत्तेजक हुन्छन् । । उनका कृतिहरु चालिस भाषामा अनुवाद भैसकेका छन् र काठमाडौंका प्रमुख पुस्तक पसलमा पोखरेलका कृतिहरू किन्न पाइने बताइएको छ ।
०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































