साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ६५)

पाखा गरा यी वन चाेक हेरियाे सम्पूर्ण काेलाहल मात्र देखियाे अदृश्यमा दृश्य नियाल्छु सुन्दर याे देह पारूँ अब विष्णु मन्दिर।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

अजङ्ग आओस् यमराज फाँटमा
लखेट्न सक्ने छु उता म काँठमा
भन्ने थियो आँट सबै गयाे पर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१५।।

लाैराे छ मेरो अहिले सहायक
संसार घुम्ने उसमै रह्यो हक
तथा म पार्दै छु सदा उँचो शिर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१६।।

तर्दै छ आँखा अझ कालले पर
आफ्नै छ दायित्व छ कर्मका भर
मानेर के हुन्छ र कालकाे डर
याे देह पारूँ अब विष्णु मन्दिर।।४१७।।

उज्याउँदा त्याे तरवार दुष्टले
कता म जाऊँ बहमा यथेष्टले
भागेर बच्ने कुन ठाउँ हुन्छ र?
याे देह पारूँ अब विष्णु मन्दिर।।४१८।।

मभित्र आफैँ अब हेर्न थाल्दछु
रमासँगै विष्णु यतै सजाउँछु
भागेर जाऊन् छल,कामना पर
याे देह पारूँ अब विष्णु मन्दिर।।४२९।।

सम्पूर्ण देवाधिपकाे सभाहल
मभित्र राखूँ परिदृश्य सक्कल
लक्ष्मी पते केशवमा परूँ भर
याे देह पारूँ अब विष्णु मन्दिर।।४२०।।

सदैव बन्दै दिलदार माहिर
नियालियाे जुन् परिवेश बाहिर
मभित्र हेर्ने छ अठाेट सुन्दर
याे देह पारूँ अब विष्णु मन्दिर।।४२१।।

पाखा गरा यी वन चाेक हेरियाे
सम्पूर्ण काेलाहल मात्र देखियाे
अदृश्यमा दृश्य नियाल्छु सुन्दर
याे देह पारूँ अब विष्णु मन्दिर।।४२२।।

( क्रमशः)

०००
२०८१/४/१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x