साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताहरुको बै (ठग) मा चर्काचर्की

धेरै दिनेलाई उच्च मालदार अड्डा र थोरै दिनेलाई निम्न मालदारमा पठायौँ। लाटा र सोझा कर्मचारीलाई अफिस नभएको ठाउँमा सरुवा गर्यौँ। त्यहाँभन्दा ज्याद्रो कति गर्नु ?

Nepal Telecom ad

अमर अधिकारी :

२०४६ सालमा प्राप्त प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरुले आ-आफूले गरेका कुकार्यहरुका बारेमा समीक्षा गर्दै कार्यपत्र प्रस्तुत गर्ने क्रममा निकै चर्काचर्की भएको समाचार छ। समाचार लेख्दा लामो हुने भएकोले प्रमुख दलका प्रमुख नेताहरुले व्यक्त गरेका कुराहरु यहाँ प्रस्तुत छ।

पहिलो नेताः हामी सरकारमा हुँदा आठकक्षा पनि नपढेकालाई संस्थानको सञ्चालकमा नियुक्त गर्यौँल। पेट्रोल पम्पका अरबपतिलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष बनायौँ र संस्थानलाई टाट पल्टायौँ। त्यहाँभन्दा बढी के गर्ने हामीले ?

दोस्रो नेताः हामीले झन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सेवाकाल पूरै भंसारमा विताएका अकुत सम्पत्ति जोडेका महाभ्रष्टलाई नियुक्त गर्यौँ, त्यहाँभन्दा बढी के गर्ने हामीले ?

तेस्रो नेताः संस्थानको सञ्चालकमा धोती नै धोती लगाएका आधादर्जन कार्यकर्तालाई नियुक्त गर्यौँ। त्यहाँभन्दा बेसी कति गर्नु हामीले ?

चौथो नेताः हामीसँग तीनवटा देशको तीनवटा नागिरकता छ। त्यहाँभन्दा अधिक हामीले के गर्ने ?

पाँचौँ नेताः स्वर्गजस्तो देश नेपाललाई नर्क जस्तो बनाउन सफल भयौँ, त्यहाँभन्दा जबर्जस्ती के गर्ने ?

छैठौँ नेताः काठमाडौँलाई विश्वमा सबैभन्दा प्रदूषित सहर बनाइदियौँ, त्यहाँभन्दा ज्यादा के गर्ने हामीले ?

सातौँ नेताः कैयनलाई टुहुरा बनायौँ, कतिपयलाई विधवा बनायौँ, गाउँबाट सहरमा लखेट्यौँ। ती लखेटिएकाहरु एकलाख बोकेर सहर पसेकामा अहिले उनीहरु करोडपति र अरबपति भैसके। त्यहाँभन्दा चर्को के गर्ने हामीले ?

आठौँ नेताः मैले धादिङकी एक सुन्दरीलाई डान्सबारबाट टिपेर मेरो मन्त्रालयको निजी सचिवालयमा भर्ना गरेँ, आहा कति सुन्दरी कलकलाउँदी ती नानी ? म त्यहाँभन्दा बढी रङ्गिलो कति बन्ने ?

नवौँ नेताः गुण्डागर्दीबाट उचाई बढेको मेरो मूल्याङ्कनले नै मन्त्री हुनपाएँ। त्यहाँभन्दा बढी गुलियो अवसर कहाँ पाइन्छ ?

दशौँ नेताः हामीले झन दिनका दिन सुन तस्करी गर्यौँ, हिसाव नमिलेर पो लफडा भयो। त्यहाँभन्दा दामी काम कति गर्ने ?

एघारौँ नेताः कर्मचारीलाई भ्रष्टाचार गर्न दबाव दियौँ, उनीहरुलाई जाक्यौँ र हामी उम्कियौँ । त्यहाँभन्दा अधम काम के गर्ने ?

बाह्रौँ नेताः मैले झन एकजना कर्मचारीको कुर्सी-टेबुल नै हडप्न अर्थात् कब्जा गर्न लगाएँ, विचरा ती कर्मचारी दुई महिनाको विदा लिएर बसेछन्। त्यहाँभन्दा अचाक्ली के गर्नु ?

तेह्रौँ नेताः देशका उद्योग धन्दाहरु ध्वस्त पारेर बेरोजगारको स्थिति सिर्जना गर्यौँ, युवाहरुलाई खाडी मुलुकमा पठायौँ, दस वर्षमा दसहजारको लाश काठमाडौँ एयरपोर्टमा आयो। ह्याँभन्दा अपराध कति गर्नु ?

चौधौः होलिवाइनको बारेमा पहिले कसले थाहा पाथ्यो? हामीले थाहा पाउने गराइदियौ, त्यहाँभन्दा ठूलो बदमासी कति गर्ने ?

पन्ध्रौँ नेताः भारतीय पाखण्डी र ढोँगी बाबाहरुलाई बोलाएर अन्धभक्तहरुबाट करोडौँ अरबौँ रकम भारततर्फ ओसार्ने वातावरण बनायौँ । यहाँभन्दा धुर्त्याइँ कति गर्नु ?

सोह्रौँ नेताः पहिलोपटक सांसद बन्नुअघि एकजोर चप्पल किन्ने क्षमता थिएन मेरो, सांसद भएपछि आलिसान महल ठडाएँ । प्राडो र पजेरो गाडी फेरी फेरी चढेन पाएँ, ख्वै कुरा बुझेको ?

सत्रौँ नेताः हामीले झन एकजना सचिवलाई महिनामा चारपटक सरुवा गरेका छौँ । सिडियोलाई छ छ महिनामा सरुवा गरेका छौँ । पुलिस हाकिमहरुलाई समेत बेबकुफ बनाउन सफल भएका छौँ, ह्याँभन्दा उच्छृंखल काम कति गर्ने ?

अठारौँ नेताः नेताहरुका बदमासी विरुद्ध कसैले बोल्ने र लेख्ने गर्योय भने उसलाई धम्की दिने काम पनि गर्यौँ, यहाँभन्दा अगतिलो काम के गर्ने ?

उन्नाइसौँ नेताः गाउँगाउँमा खेतबारी बाँझो बनाएर मोबाइलमा झुण्डिन लगाउने हामीले नै हो। यहाँभन्दा उल्लेखनीय काम के हुनसक्छ ?

बीसौँ नेताः जनताले भारतबाट आयातीत विषादी अनाज, तरकारी र फलफूल खाने वातावरण सिर्जना गर्यौँन। विदेशबाट वर्षमा ७० करोडको कोदो आयात हुनुमा हाम्रै हात छ। त्यति पनि कुरा नबुझ्ने ?

एक्काइसौँ नेताः कर्मचारी सरुवा गर्दा प्रशासन शाखा र महाशाखाको अधिकार खोसेर मन्त्रीको स्वकीय सचिवको कार्यकक्षमा मोलमोलाई गर्नै र कर्मचारी सरुवा गर्ने काम गर्यौँ। धेरै दिनेलाई उच्च मालदार अड्डा र थोरै दिनेलाई निम्न मालदारमा पठायौँ। लाटा र सोझा कर्मचारीलाई अफिस नभएको ठाउँमा सरुवा गर्यौँ। त्यहाँभन्दा ज्याद्रो कति गर्नु ?

१३ घन्टासम्म चलेको सो चर्काचर्की बै (ठग) को भत्ता रकम दर १३ सय तोकिएको थियो भने बै (ठग) मा करिब १३ दर्जन नेताहरुको उपस्थिति रहेको थियो। सो बै (ठग) मा भएको निर्णयको निर्णय पुस्तिका १३ दिनभित्र सहीछाप गरिसक्नुपर्ने समझदारी भयो। अर्को बै (ठग) नभएसम्मका लागि यो बै (ठग) यहीँ समाप्त भयो। महाठगहरुको महासंघ खोलेर जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय पनि गरियो।
खा ! स स।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ-८, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x