साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चप्पल

जसका खुट्टामा पनि घुस्रिँनु छ जथाभावी सबैलाई कुल्चनु छ । सालीको हात लागे पैसा असुल्छ यो चप्पल ठ्याक्कै को जस्तो छ ?

Nepal Telecom ad

भोलानाथ सुवेदी :

यो चप्पलले इज्जत गरेन
मेरो पैतलामा पस्दै पसेन ।
हिँड्दा सुरक्षा दिन्छु भन्थ्यो
सस्तो किने पिट्छु भन्थ्यो ।।

पैतालामै ठेला उसैले उठायो
हिलो छ्यापेर टाउकोमा पुर्‍यायो।
कहिले चुडिएर हातमा बोकाउँछ
पसिना निकाल्छ मलाई लडाउँछ ।।

कहिले रिसाइ झर्की बोल्छ
जातभात अनि थर सोध्छ ।
यो चप्पलको कस्तो शासन
मान्छेकै छेउमा उसको आसन ।।

पहिला पहिला बाहिर बस्थ्यो
अहिले घारघुरे -याकमा बस्छ ।
शौचालयमा पनि उसकै राज
भान्सा कोठामा ऊ नै खास ।।

पाहुनाका खुट्टामा पुग्छु भन्छ
कोठा कोठामा लुक्छु भन्छ ।
खाना खाँदा पनि सँगै लानुपर्ने
जता जाँदा पनि अघि सार्नुपर्ने ।।

जन्त होस् कि अन्त होस्
पुषमा होस् कि जेठमा होस् ।
मेरै साथमा जहिले हिँड्नुपर्ने
किन हो यसले इज्जतै नगर्ने ।।

उकालो ओरालो तेर्सो र ठाडो
फतरफतर गर्छ हिँड्न भो रे गाह्रो
हातमा लिएर बोकी हिँड्नुपर्ने
चिप्लोमा उसैको जतन गर्नुपर्ने ।।

पानीमा उसैको खटन मान्नुपर्ने
नमानेदेखि हिलो छ्याप्न थाल्ने ।
चिप्लेर कहिले पछाडि बस्छ
उफ्रेर कहिले झाडीमा खस्छ ।।

जसका खुट्टामा पनि घुस्रिँनु छ
जथाभावी सबैलाई कुल्चनु छ ।
सालीको हात लागे पैसा असुल्छ
यो चप्पल ठ्याक्कै को जस्तो छ ?

०००
(९८४३०५४१६१)
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x