साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बदला लिन्छु !

धर्मराज कौन्तेयले गन्धर्वबाट दुर्योधनलाई जोगाएजसरी ! बदला लिने मेरो यो उत्तर आधुनिक शैली हो, मेरो लीला ! घृणानगरमा प्रेमगजलको दोकान खोल्छु।

Nepal Telecom ad

धनराज गिरी :

गफ शुरू भयो । प्रकाश बस्नेत गफाडीको पनि दाजु, आलापोटेहरूको अङ्कू पनि, साझा बा, साझा दाइ, सबैको बनेर कसैको पनि बन्न नसकेको एक अजीव पात्र, तित्रो, “प्रोफेसर आस्तिकेश्वर नास्तिकानन्द आशुतोष रेनकुभरश्री” का अति प्रिय साथी, सरल, सज्जन र कर्मयोगी पात्र “पृथ्वीनारायण गिरोपाध्याय पोयट” बोले, “सर, मभित्र रिभेन्ज, एभेन्ज, प्रतिशोध, इन्तकाम, बदला, केही पनि छैन । सरासर आफ्नो काम गर्छु । इमानदारी मेरो जीवनपद्धति हो, यूनिक स्वभाव छ, लप्पनछप्पन जानिएन । म पनि हजुरजस्तै हो । हजुर त मेरो आदर्श, पितासमान, झुवानीका अभिभावकहरूबाट हजुरको बारेमा सुनेको हुँ । प्रोफेसर जगमोहन आजादले पनि तारीफ गरेको मान्छे हो हजुर। खुशी लाग्यो, भेट भयो।” उज्यालो अनुहार बनाए बालकले, प्रोफेसर मुस्कुरायो। “सरी, म त बदला लिन्छु। मज्जासित बदला लिएको छु।” प्रोफेसर बोल्यो।

“हजुर अभिधामा बोल्नुहुन्न, थाहा छ, हजुरको कविता बुझ्न हम्मेहम्मे पर्छ मोलाई ! गजल अझ घुमाउरो । कता हो कता ! अलमोडा ताकेर नैनीतालतिर तीर चलाउने हजुर !” गिरोपाध्याय बालक। “विजयी भव सुपुत्र ! लौ सुनौं, म बदला कसरी लिन्छु । “म बदला लिन्छु !” नम्बर एक, बदला नम्बर एक, “रु. १०० सापटी दिने छिमेकीले ६०% को दरमा ब्याज लिए, उहिले, जनमतसङ्ग्रह घोषणा भएको बेला ! अभाव सुन्दरीले मज्जासित चुम्बन गरेको बेला । पछि, तीनै छिमेकीलाई, निर्ब्याज सापटी चलाएँ । भुतुक्क भए । यो बदला होइन ? बदला नम्बर दुई, एक सहकर्मीले खेदो खने, जागीर नै खाइदिन खोजेका, उनी दुर्योधन, म भीम । उनकै घरमा गएर खाना खाएँ । उनी नतमस्तक ! पछि उनी किशोर दा र म एस डी बर्मन !

बदला नम्बर तीन, एक अघोरी साहित्यकारले मैले पाउनपर्ने रु. १०००० को पुरस्कार अन्यै दिए ! नेपाल हो, केही कुरा गोप्य रहन्न । दश वर्षपछि, कायापलट, उनी आसे, म दाता, जय हो विधाता, पाँच गुणा बढी रकम, बदला लिने मौका मिल्यो, उनकै पोल्टामा पारिदिएँ। बदला नम्बर चार, एक देवी जीवनमा अनुजा बनेर आइन् । शुरूमा म बलराम, उनी सुभद्रा, उनको हरेक कदममा वरदान बनियो । तर १८ ऐरावत उनको हात्तीसारमा पठायो, एक जरासन्ध किचकले ! अनि …. कथा बाङ्गियो। उनी त मबाट ११०२३ कि मी पर, तर मैले उनलाई पनि “अरे ओ शाम्भा, कितने इमान है रे हमारे उपर ?” दिलाएँ । गायत्री जपेर, अनेक खपेर, बद्री केदार, चार धाम डुली, अनुपम धरतीमा, शान्तिपूर्वक यसरी बदला लिइयो।

प्रतिबदला, प्रतिप्रतिशोध ! वरबोटे काकाको काम । यी त नमूना मात्र, अरू पनि उदाहरण कति कति ! बदला लिन्छु। प्रतिशोध लिन्छु ! धर्मराज कौन्तेयले गन्धर्वबाट दुर्योधनलाई जोगाएजसरी ! बदला लिने मेरो यो उत्तर आधुनिक शैली हो, मेरो लीला ! घृणानगरमा प्रेमगजलको दोकान खोल्छु । पानी पनि पिउँन नदिनेलाई एप्पल जूश पिलाउनु मेरो शैली हो । बदला लिन्छु।”

“सर, हजुरलाई म राम्रोसित चिन्छु । नमस्कार भन्छु । एउटा कविता, मेरो लागि !” पालक, चालक, बालक। “मेरो सर्वोत्तम कविता, लौ सुन्नुहोस् ।” प्रोफेसरले “यूनिक” कविता सुनायो।

०००
चितवन, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x