फित्काैली डटकममनोहरा साहित्य समाजको नवौं वार्षिकोत्सव तथा सम्मान समारोह
कार्यक्रममा वसन्त रिजाल, राजेश्वर थापालाई अभिनन्दन, कृष्णप्रसाद पौडेल जस्ताघरे र राजेन्द्रकुमार बज्राचार्यलाई सम्मान गरिएको थियो भने स्रष्टाहरूद्वारा विविध खालका रचनाहरू वाचन गरिएको थियो ।

काठमाडाैं, २०८१ पुस १३ । मनोहरा साहित्य समाजको ९६ औं शृङ्खला, नवौं वार्षिकोत्सव तथा सम्मान अभिनन्दन समारोह समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व वरिष्ठ साहित्यकार राजेन्द्र विमलको प्रमुख तथा वरिष्ठ साहित्यकार प्रह्लाद पोखरेल, ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्की साहित्यिक संस्था समन्वय समितिका महासचिव राजन् न्यौपानेको विशिष्ट आतिथ्यमा ग्लोबल पब्लिक स्कूलमा सम्पन्न भएको छ ।
समाजका सचिव भावकेशर बरालद्वारा सञ्चालित सो कार्यक्रमको प्रारम्भ सभाध्यक्ष अर्यालले अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचना वाचन गरेर गर्नुभएको थियो भने स्रष्टाहरूका विविध विधा र विविध विषयका रचनावाचन, मन्तव्य एवं शुभकामना हुँदै उपाध्यक्षले धन्यवाद ज्ञापनसहित समापन गर्नुभएको थियो ।
कार्यक्रममा वसन्त रिजाल, राजेश्वर थापालाई अभिनन्दन, कृष्णप्रसाद पौडेल जस्ताघरे र राजेन्द्रकुमार बज्राचार्यलाई सम्मान गरिएको थियो भने स्रष्टाहरूद्वारा विविध खालका रचनाहरू वाचन गरिएको थियो ।
प्रमुख अतिथि राजेन्द्र विमलले लेखनको मह्त्व विश्वमा स्रष्टाहरूको योगदान र उनीहरूको प्रभावको चर्चा गर्नु भएको थियो भने विशिष्ट अतिथि पोखरेलले पद्य रचनाको विशिष्टता र महत्त्वको चर्चा गर्नुभएको थियो । त्यस्तै अतिथिहरू मातृका कार्की र राजन् न्यौपानेले शुभकामना दिनुभएको सो कार्यक्रममा बुढ्यौली समाज भक्तपुरका अध्यक्ष कविराज घिमिरे, विनयकुमार साहित्य प्रतिष्ठानकी अध्यक्ष गङ्गा कसजू, डा. मधुसूदन लामिछाने लगायतका अतिथिहरूले सम्बोधन गर्नु भएको थियो । सम्मानित स्रष्टाहरूको परिचय लेखक शीतल गिरीले गराउनु भएको थियो ।
रचनावाचन गर्नेहरूमा डिल्लीराज अर्याल, मान्यता कार्की, अप्सरा पोखरेल (मुक्तक), चन्द्र मादेन, छविलाल अधिकारी, धरणी गुरागाईं, सूर्यप्रसाद डुम्रे, केशव ज्ञवाली, दीनानाथ पोखरेल,राजेन्द्र बर्तौला, कृष्णप्रसाद पौड्याल, चेवन चन्द्र बस्नेत वसुन्धरा चौहान, घनश्याम प्रसाईं, सरिता घिमिरे, निशा न्यौपाने, जसध्वज गुरुङ लगायतका स्रष्टा हुनुहुन्थ्यो ।
कार्यक्रममा चिरञ्जीवी रेग्मी, छ्त्र भूषण दाहाल, कपिल अर्याल, सरिता तिमल्सिना, लगायतका सभ्य श्रोताहरूको उपस्थिति रहेको थियो भने बडो रोचक र अर्थपूर्ण छन्द, मुक्त छन्दका स्तरीय कविता, गीत, गजल, सुसेली लगायतका विधामा रचना वाचन भएका थिए।
कार्यक्रममा स्रष्टा वसन्त रिजालले राजेन्द्र विमलकै सम्मानमा रू १ लाखको अक्षयकोष राखिदिने घोषणा गर्नु भएको थियो ।
अन्त्यमा उपाध्यक्ष जसध्वज गुरुङले उपस्थित सबैलाई धन्यवाद दिंदै सभाध्यक्षको अनुमतिले कार्यक्रम विसर्जन गर्नुभएको थियो ।
०००
– डिल्लीराज अर्यालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































