साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाजकाे पाँचौं शृङ्खला वार्षिकाेत्सव विशेष

बुढ्यौली साहित्य समाज महोतरीको पाँचौं शृङ्खला तथा तेस्रो वार्षिक उत्सव यस समाजका उपाध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भयो ।

Nepal Telecom ad

महाेत्तरी, २०८१ पुस १३ । बुढ्यौली साहित्य समाज महोतरीको पाँचौं शृङ्खला तथा तेस्रो वार्षिक उत्सव यस समाजका उपाध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रमको सञ्चालन यस समाजका सचिव नारद प्रसाद काफ्लेले स्वागत कविताबाट गरेका थिए भने यस समाजका कोषाध्यक्ष विमला वि क ले उपस्थितिलाई शब्दद्वारा स्वागत गरेकी थिइन् ।

तेस्रो वार्षिक उत्सव तथा पाचौं शृङ्खलामा शुभकामना मन्तव्य दिने अतिथि स्रष्टाहरूमा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम, कमला कला साहित्य समाज धनुषाका अध्यक्ष, गणेश तिमल्सिना, लेखनाथ स्मृति सदन धनुषा महोतरी अध्यक्ष जनकप्रसाद पौडेल, जनजागृति आ वि बर्दिबास-२ महोतरीका प्र अ अम्बिका दहाल, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य कुमार दहाल कुसुम, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, बुढ्यौली साहित्य समाज सिराहाका अध्यक्ष गणेश कुमार अधिकारी, प्रलेस केन्द्रीय सदस्य जीवनस्पर्शी र बुढ्यौली साहित्य समाज मधेस प्रदेश सचिव तथा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान बर्दिबासका अध्यक्ष रामचन्द्र पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विभित्र लयका गीत, कविता र मुक्तक वाचन गरिएका थिए, रचना वाचन गर्ने स्रष्टाहरूमा जानकी यादव, खुस्बु यादव, दिनेश न्यौपाने, गोविन्द खड्का, विमला वि क, अग्नि कवच, विश्वास अभियान, बन्चरो, जीवनस्पर्शी, जनक पौडेल, कुमार कुसुम, गति, गणेश अधिकारी, अम्बिका दहाल, नारायण खड्का, लीला गौतम, विपुल विद्रोही र रामचन्द्र यादवले वाचन गरेका थिए भने तारा धिमाल, देवी काफ्ले, उमेश सिंह लगायतको उपस्थिति थियो । यसैगरी वि व्य स सदस्य क्षेत्रबहादुर भुजेल अतिथिको रुपमा उपस्थित थिए ।

उक्त कार्यक्रममा शुभकामना दिने अतिथिहरूले यस बुढ्यौली साहित्य समाजले अझ राम्रो प्रगति गरोस् भन्ने सुभेक्षा व्यक्त गरेका थिए भने बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिका सचिव रामचन्द्र पौडेलले बुढ्यौली साहित्य समाजको स्थापनामाथि सामान्य चर्चा गरेका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र यादवले कार्यक्रममा उपस्थिति अतिथि लगायत सम्पूर्णमा आभार व्यक्त गरि कार्यक्रम समापन गरेका थिए । कार्यक्रम श्री जनजागृति आ वि बर्दिबास -२, बुद्धचोक महोत्तरीको सभाहलमा सम्पन्न भएको थियो ।

०००
– नारदप्रसाद काफ्लेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x