साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीको राग

पुरानै ढाँचाले रमझम गरी बाँच्न खोज्दैछु आफू पुछी कालोमैलो नयन जल नै हाँस्न खोज्दैछु आफू पुगी चौतारीमा मधुर पिरती गाँस्न खोज्दैछु आफू जवानीको लाली तनबिच अझै साँच्न खोज्दैछु आफू॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बुढ्यौलीले छोप्यो जिउ कटकटी दुख्नथाल्यो मलाई
बढ्यो देहीमा प्रेसर सुगर झन् लौन गाल्यो मलाई
अँगालो पो उस्ले अलिअलिगरी झ्याप्पहाल्यो मलाई
जबर्जस्ती थप्दै तन बिच हरे व्याधि ढाल्यो मलाई॥१

कुरा गर्छन् काका विगत दिनका रङ्ग सम्झेर भारी
गरेको आफैँले मुलुक हितमा जङ्ग सम्झेर भारी
हुलेको खेतीमा नव प्रविधिको ढङ्ग सम्झेर भारी
बनेको आफैँमा प्रति दिन अहो! अङ्ग सम्झेर भारी॥२

पुरानै ढाँचाले रमझम गरी बाँच्न खोज्दैछु आफू
पुछी कालोमैलो नयन जल नै हाँस्न खोज्दैछु आफू
पुगी चौतारीमा मधुर पिरती गाँस्न खोज्दैछु आफू
जवानीको लाली तनबिच अझै साँच्न खोज्दैछु आफू॥३

अझै छन् छातीमा रस प्रणयका भित्र पैदा भएका
किशोरी नारीका मदन मदका चित्र पैदा भएका
खुसीमा नाचेका कति प्रहर छन् मित्र पैदा भएका
अँगालोमा आए कति रहर आवृत्त पैदा भएका॥४

हुरीको डुङ्गा हो जल जलधिको जिन्दगानी भनेको
भदौरे बाढी हो भुलभुल हुने यो जवानी भनेको
चिरी कालो धब्बा झलमल हुने हो बिहानी भनेको
नसुक्ने झर्ना हो अनवरत यो प्रीत पानी भनेको॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x