साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य सराेवरकाे ३८ औँ काव्यिक कार्यक्रम

आजकाे कार्यक्रम नजिकै आइरहेकाे कवि लेखनाथकेा १४० औँ जन्मजयन्तिलाई स्मरण गर्दै कार्यक्रममा कविहरुले समसामयिक विषयमा रचना गरिएका आफ्ना कविता, गजल तथा लघुकथा बाचन गर्नु भयाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ पुस १३ । चन्द्रागिरि साहित्य सराेवरकाे ३८ औँ कविता वाचन, सुन्ने सुनाउने कार्यक्रम मुनाल क्लवमा सम्पन्न भयाे ।

यस ३८ औँ कार्यक्रमकाे अतिथि हुनुहुन्थ्याे प्रा. केशव सुवेदी । वाचित कविताकाे उहाँले संक्षिप्त रुपमा समीक्षा सहित मन्तव्य राख्नु भएकाे थियाे ।

आजकाे कार्यक्रम नजिकै आइरहेकाे कवि लेखनाथकेा १४० औँ जन्मजयन्तिलाई स्मरण गर्दै कार्यक्रममा कविहरुले समसामयिक विषयमा रचना गरिएका आफ्ना कविता, गजल तथा लघुकथा बाचन गर्नु भयाे ।

सिर्जन वाचन गर्ने श्रष्टाहरुमा श्रीकृष्ण भारती, हरिशरण आचार्य, कृष्णबहादुर कार्की, गीतकार सुदन लुइँटेल, हरिनारायण सुवेदी, सीताराम नेपाल तथा काशिराज सुवेदी हुनुहुन्थ्याे ।

संयेाजक गाेपीचन्द्र कार्कीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन गाेविन्द शरण भण्डारीले गर्नु भएकाे थियाे ।

याे कार्यक्रम हरेक महिनाकाे दाेस्राे शनिवार ११ बजे मुनाल क्लव चनपा १५, तीनथानामा हुँदै आइरहेकाे छ। उक्त दिन सबै साहित्यनुरागीहरुलाई कार्यक्रममा सहभागी हुन अनुराेध गर्दै संयाेजक गाेपीचन्द्र कार्कीले कार्यक्रम समापन गर्नु भएकाे थियाे ।

कार्यक्रममा अतिथिका रुपमा पटक पटक हास्यव्यङ्ग्य क्षेत्रका हस्ती तथा कवि नरनाथ लुइँटेल, प्रा. केशव सुवेदी, डा. मधुसदन गिरी, त्यस्तै प्रा अच्युत पराजुली, लक्ष्मण गाम्नागे, यादव शर्मा, राम विनय, गीतकार संगीतकार रामकृष्ण दुवाल, हरिगेाविन्द लुइँटेल, कवि स्नेह सायमीकाे माया यसले पाएकाे छ ।

०००
– गाेपीचन्द्र कार्कीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x