साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिताको सिर्जनाभूमिमा पुत्रको कृति लोकार्पित

मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ पुस । स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण “लेकबेँसीका सुगन्धहरू” नामक कृति सार्वजनिक भएको छ ।

मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए ।

काभ्रेको मण्डन देउपुरको माझीटार क्षेत्र यशस्वी स्रष्टा रमेश विकलको चर्चित आख्यान ‘अविरल बग्दछ इन्द्रावती’को सिर्जनाजभूमि पनि हो । विकलले यसै क्षेत्रमा बसेर उक्त कृति सिर्जना गर्नुभएको थियो ।

सुमन नेपालको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रममा समालोचकद्वय ठाकुर शर्मा र गोपी मैनालीले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो भने कृतिकार महेन्द्र चालिसेका दाजु एवं साहित्यकार विजय चालिसेले पनि संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अथिति वरिष्ठ साहित्यक पत्रकार एवं रमेश विकलका प्रिय मित्र रोचक घिमिरेले मित्र विकलको सिर्जनाभूमिमा आएर उनकै सुपुत्रको कृति लोकार्पण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले ४०-४५ वर्षअघि यसै क्षेत्रमा विकलसँग पटक पटक सँगै भ्रमण गर्दाका स्मरणीय प्रसङ्गहरू पनि सुनाउनुभएको थियो ।

कार्यक्रममा सर्जक महेन्द्र चालिसेले राजधानीदेखि मण्डन देउपुरको माझी गाउँमै आएर आफ्नो कृति सार्वजनिकीकरण गर्नुको उद्धेश्य कृति लोकार्पणका बहानामा पिताको सिर्जनाभूमिसँग स्रष्टाहरूलाई परिचित गराउनु पनि रहेको उल्लेख गर्नुभयो ।

काठमाडौदेखि पुगेका लगभग १०० साहित्यकारहरू सहित स्थानीयकाे पनि बाक्लो उपस्थितिबीच सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आलोक चालिसेले र कार्यक्रमको संयाेजन प्रतीक घिमिरेले गर्नुभएको थियो ।

०००
प्रतीक घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x