साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ती मनाइयो

लेखनाथ स्मृति सदन महोत्तरी धनुषाले आयोजना गरेको कविशिरोमणि लेखनाथ पौडेलको १४१ औँ जन्म जयन्ती विशेष कार्यक्रम यस सदनका अध्यक्ष जनकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

Nepal Telecom ad

महाेत्तरी, २०८१ पुस १५ । लेखनाथ स्मृति सदन महोत्तरी धनुषाले आयोजना गरेको कविशिरोमणि लेखनाथ पौडेलको १४१ औँ जन्म जयन्ती विशेष कार्यक्रम यस सदनका अध्यक्ष जनकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

लेखनाथ पौडेललाई सम्झने कार्यक्रममा उपस्थिति सम्पूर्णलाई यस सदनका कोषाध्यक्ष अनन्त पौडेलले शब्दद्वारा स्वागतका साथै लेखनाथको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि सामान्य परिचर्चा गरेका थिए ।

उक्त स्मृति कार्यक्रममा कविशिरोमणिप्रति स्मरण गर्दै मन्तव्य दिने स्रष्टाहरूमा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम, मिथिला साहित्य प्रतिष्ठान धनुषाका सचिव नीरप्रसाद शर्मा, बुढ्यौली साहित्य सामाज महोत्तरीकन सचिव नारदप्रसाद काफ्ले, बुढ्यौली साहित्य समाज धनुषाका कोषाध्यक्ष दुर्गा दहाल, साहित्य प्रेमी दिनेश कोइराला, देउराली मा वि चुरेका प्र अ रामकुमार पाण्डे, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल र बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेलले कृतिशेष कविप्रति सामान्य चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा केही कविता लेखनाथ विशेष र केही कविकै रचना वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा सुम्निमा भण्डारी, नीर शर्मा, विश्वास अभियान, दुर्गा दहाल, देवी घिमिरे, लिला गौतम, विपिराज,अग्नि कवज, ग्रिष्मा भण्डारी, अनन्त पौडेल, विपुल विद्रोही र जनक पौडेलले वाचन गरेका थिए ।उक्त कार्यक्रममा जनार्दन न्यौपाने, पुन्यप्रसाद पौडेल र अमिषा माझी पनि उपस्थिति थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष जनकप्रसाद पौडेलले कविशिरोमणि लेखनाथ पौडेलको १४१ औँ जन्म जयन्ती विशेष कार्यक्रममा सहभागी अतिथि लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।

सरस्वती मा वि कालापानी बनपा -३ की छात्रा साहित्यप्रेमी सुम्निमा भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रम राष्ट्रिय आधारभूत विद्यालय बाहुनमारा मिनपा ११ को साथमा रहेको सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको हो ।

०००
– नारदप्रसाद गाैतमकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x