फित्काैली डटकमप्रगतिशील लेखक सङ्घद्वारा पाँच स्रष्टालाई सम्मान
कार्यक्रममा अग्रज स्रष्टाहरू पूर्व प्रतिनिधितसभा सदस्य हर्कमान तामाङ, प्रा डा बद्री विशाल पोखरेल, प्राज्ञ सुमित्रा वांदेल चेली, मधु पोखरेल र मिश्र वैजयन्तीले आ आफ्ना रचना वाचन गर्नु भएको थियाे ।

बेलबारी मोरङ, २०६.८१ पुस १५ । प्रगतशील लेखक सङ्घ नेपाल कोशी प्रदेशको आयोजनामा मोरङको बेलबारीमा सोमबार ५ जना स्रष्टाहरूको रचना वाचन सहित सम्मान गरिएको छ।
कार्यक्रममा अग्रज स्रष्टाहरू पूर्व प्रतिनिधितसभा सदस्य हर्कमान तामाङ, प्रा डा बद्री विशाल पोखरेल, प्राज्ञ सुमित्रा वांदेल चेली, मधु पोखरेल र मिश्र वैजयन्तीले आ आफ्ना रचना वाचन गर्नु भएको थियाे ।
रचना वाचन श्रृङखला पश्चात् ४ जनालाई दोसल्ला ओढाएर फूलमाला लगाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । ५ जनामध्ये एकजना प्राज्ञ सुमित्रा चेलीले सम्मान पत्र नलिई खादामाला र दोसल्ला ओढेर सम्मान ग्रहण गर्नु भएको थियाे।
हर्कमान तामाङलाई भारतको सिक्किमबाट प्रकृया प्रकाशनले पनि यही कार्यक्रममा स्वर्ण सम्मान गरेको छ । सम्मानका लागि सिक्किमबाट साहित्यकारको एक टोली बेलबारी आएको थियो ।
सो कार्यक्रममा डा. देवी दुलाल क्षेत्री, राममणी पोख्रेल अमृत आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए।
प्रलेस कोशी प्रदेशको अध्यक्ष तिला लेकालीको अध्यक्षतामा र उपाध्यक्ष रामप्रसाद खरेलको संचालनमा भएको थियाे ।
०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































