सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

को हुन् वृद्ध ?

जो गर्दै छ अनाधिकारिक कुरा रोक्ने तिनै वृद्ध हुन् दुर्वासा जतिका जुँगा निमठिउन् भन्ने तिनै वृद्ध हुन् छन् जो राज्य चलाउने अधमरा यो लोकका बाधक त्यस्ता मूर्ख समाजका नकचरा फाँड्ने तिनै वृद्ध हुन् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जल्ले गर्छ पवित्र कर्म नझुकी साँचा तिनै वृद्ध हुन्
पालिन्छन् जसका पिएर पसिना उम्दा तिनै वृद्ध हुन्
आफ्नो घाट बनाउँछन् मरणको स्वाधीनमा जो रही
ज्ञानी प्रौढ विवेकका गुरुहरू खासा तिनै वृद्ध हुन् ।।१

पार्छन् शोषणको धुलो श्रमगरी पूरा तिनै वृद्ध हुन्
बन्छन् खाक गरेर धर्म जसले मानौँ तिनै वृद्ध हुन्
जो सिद्धान्तविशे छ मानक भने पुज्छन् सबै लोकले
त्यस्ता व्यक्ति उमेर जे पनि रहुन् हेर्दा तिनै वृद्ध हुन् ।।२

जो बन्छन् गुणवान् समाजप्रतिका साधा तिनै वृद्ध हुन्
अर्ती बुद्धि दिएर रक्षक बने बाबा तिनै वृद्ध हुन्
जो कर्तव्य सिकाउँछन् हरघडी आफैँ बनी सेवक
त्यस्ता ज्योति अमूल्यरत्न जति छन् सारा तिनै वृद्ध हुन् ।।३

जो गर्दैन कुकर्म जन्मभरिनै पाका तिनै वृद्ध हुन्
यो संस्कार बचाउने मुलुकका कर्ता तिनै वृद्ध हुन्
गल्तीबाट सिकेर पाठ जसले पार्छिन् उज्यालो दिन
जो पीयूष पिलाउँछिन् हृदयकी आमा तिनै वृद्ध हुन् ।।४

जो गर्दै छ अनाधिकारिक कुरा रोक्ने तिनै वृद्ध हुन्
दुर्वासा जतिका जुँगा निमठिउन् भन्ने तिनै वृद्ध हुन्
छन् जो राज्य चलाउने अधमरा यो लोकका बाधक
त्यस्ता मूर्ख समाजका नकचरा फाँड्ने तिनै वृद्ध हुन् ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
आमा

आमा

कविराज घिमिरे
म हुन्न पाको

म हुन्न पाको

कविराज घिमिरे
को हुन् वृद्ध ?

को हुन् वृद्ध ?

कविराज घिमिरे
ए पाका हो !

ए पाका हो !

कविराज घिमिरे
आमाबिनाको घर

आमाबिनाको घर

कविराज घिमिरे
म जान्न वृद्धाश्रम

म जान्न वृद्धाश्रम

देवीप्रसाद मिश्र
आमा

आमा

फित्काैली डटकम
बाबुआमा (काव्यांश- ३०)

बाबुआमा (काव्यांश- ३०)

दीनानाथ पाेखरेल
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x