फित्काैली डटकमलाहानमा समता साहित्य उत्सव सम्पन्न
बाग्मती प्रदेसका गरी दुई दर्जन बढी स्रष्टाहरू सहभागिता रहेको सो कार्यक्रममा आयोजक संस्थाका संस्थापक मध्येका एक इलामका प्रसिद्ध कवि विमल बैद्य सहभागी हुनुहुन्थ्याे ।

लाहान सिराहा, २०८१ पुस २० । मधेस प्रदेशको व्यापारिक नगरी सिराहाको लाहानमा शुक्रबार समता स्कुलको १२ औँ वार्षिकोत्सवको अवसर पारेर सो स्कुलले आयोजना गरेको समता साहित्य उत्सव सम्पन्न भएको छ ।
कोशी प्रदेश, मधेस प्रदेश बाग्मती प्रदेसका गरी दुई दर्जन बढी स्रष्टाहरू सहभागिता रहेको सो कार्यक्रममा आयोजक संस्थाका संस्थापक मध्येका एक इलामका प्रसिद्ध कवि विमल बैद्यले खास गरी विद्यालय स्तरका भाइबहिनीहरूको शैक्षिक स्तर अभिवृद्धिका साथै साहित्मा अभिरुचि जगाउन र भविष्यमा राम्रा साहित्यकार उत्पादन हुन सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
समता स्कुल लाहानका प्रधानाध्यापक कमल तामाङको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशसभाका पूर्व सदस्य लगनलाल चौधरीले लाहानमा यसरी बाहिरबाट साहित्यिक व्यक्तित्वहरू बेलाएर कार्यक्रम गर्नु एैतिहासिक मात्र नभएर महत्वपूर्ण, सह्रानीय र शैक्षिक उन्नयनका लागि भएको महत्वपूर्ण कार्यका रुपमा आफूले लिएको बताए ।
८५ वर्षिय प्रमुख अतिथि चौधरीले आफूले विद्यालयमा पढ्दा लाअन वरपर एकमात्र विद्यालय रहेको तर यस्ता कार्यक्रम हुदैनथ्यो । राजधानी काठमाण्डौ बिराटनगर लगायतका ठूला ठाउँमा हुन्थे । आफूले जान्ने भएपछि साहित्यमा चासो नराखेको तर राजनीतिमा भने चासो राखेकोले जीवन भरी राजनीतथ नै गरिए पनि अहिले आएर राजनतिमा भन्दा साहित्यमा लाग्नु उचित भएको निष्कर्षमा आफू पुगेको बताउँदै पहिले साहित्यमा चासो नराख्दा अहिले आएर पछुतो लागेको बताए ।
सो कार्यक्रममा मकवानपुर् हेटौडाका कवि निमेश निखिलले विद्यालयका भाइबहिनीहरूलाई साहित्यमा सहभागी गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकोले समता स्कुलले आयोजना गरेको यो कार्यक्रमबाट उपलब्धि हात लाग्ने बताउदै भविष्यमा राम्रा साहित्यकारहरू जन्माउन यस्ता कार्यक्रमले मद्दत गर्ने बताए ।
यसैगरी प्रगतिशील लेखक संघ नेपाल उदयपुरका अध्यक्ष तथा उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरेर पनि साहित्य कला संस्कृतितिर विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई साहित्य लेखनमा अग्रसर गराउन सकिने बताउँदै आजका विद्यार्थीहरू भोलिका राम्रा र असल नागरिक मात्र होइनन् कि साहित्यकार पनि हुन सक्ने बताए ।
सो समता साहित्य उत्सवमा उदयपुरका माधव पोखरेल गोज्याङ्ग्रे, सुमी पोखरेल, जीवन आरोही, गोठकृष्ण ठकुरी, गोपाल किर्ति र ऋषि राई, सप्तरीका रमिला साह, नानी मैया दाहाल, शिवशंकर दत्त, सिराहाका अर्जुनप्रसाद गुप्ता, महेश साह, डा. विश्वनाथ यादव, उपेन्द्र मण्डल सर्लाहीका सुमन घिमिरे अग्रिम लगायतका दुई दर्जन बढी कविहरूले कविता वाचन गरेका थिए ।
सो कार्यक्रममा समता स्कुल इलाम, इटहरी, लाहान लगायतका ठाउँबाट शिक्षक विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यालयमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
०००
– माधव गोज्याङ्ग्रेको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































