सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्रष्टाद्वय श्याम तमोट र अनन्त कोइराला पुरस्कृत हुँदै

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ गीतकार श्याम तमोट र ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ साहित्यकार अनन्त कोइरालालाई समर्पण गर्ने भएको छ । 

Nepal Telecom ad

काठमाडाैं, २०८१ पुस २४ । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ गीतकार श्याम तमोट र ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ साहित्यकार अनन्त कोइरालालाई समर्पण गर्ने भएको छ ।

शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको
हो ।

भोजपुर टक्सारमा २०१० सालमा जन्मनुभएका तमाेट उहाँ ‘गाउँगाउँबाट उठ’ गीतसङ्ग्रह र ‘महिला मुक्ति’ लगायतका एकाङ्कीहरूका स्रष्टा हुनुहुन्छ । ‘सुगन्धको पाउ’, ‘शान्तिको सन्देश’ आदिजस्ता गीतिएल्बम र ‘साना–साना खोलाखोली’ जस्ता सङ्ग्रहमा पनि उहाँका गीतहरू परेका छन् ।

त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको बताइएकाे छ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशनले गीतकार श्याम तमोटप्रति हार्दिक आभार व्यक्त गरेकाे छ ।

त्यसैगरी शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ साहित्यकार अनन्त कोइरालालाई समर्पण गर्ने भएको छ ।

सिन्धुली दुम्जामा २००६ सालमा जन्मेर रौतहट चन्द्रनिगाहपुरमा बसोवास गर्नुभएका कोइरालाका ‘विश्वेश्वर’ (महाकाव्य), ‘आस्थाका फूलहरू’ (कवितासङ्ग्रह), ‘घाउका खाटाहरू’ (उपन्यास), ‘वरपीपल’ (उपन्यास) जस्ता कृतिहरू प्रकाशित छन् ।

रौतहट जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी राम–रेवती प्रतिष्ठानले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशनले साहित्यकार अनन्त कोइरालाप्रति हार्दिक आभार व्यक्त गरेकाे छ ।

विभिन्न पुरस्कारका लागि प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त नाउँ चयन गर्न लोकेन्द्र ढकाल, गङ्गा दोङ र सुमन खड्का पुरस्करणीय व्यक्तित्व चयन समिति बनाइएकाे थियाे र उहाँहरूप्रति पनि प्रकाशनले हार्दिक आभार व्यक्त गरेकाे छ ।

शब्दयात्रा प्रकाशनले जनाए अनुसार यी दुवै पुरस्कार यही माघ महिनामा समर्पण गरिने छ ।

०००
-हरि मञ्जुश्रीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x