साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विशाल अधिकारीको नेतृत्वमा प्रलेस मकवानपुर, निभा शाह सम्मानित

प्रगतिशील लेखक सङ्घ मकवानपुरको नेतृत्वमा विशाल अधिकारी चयन हुनु भएको छ । नवौँ अधिवेशनमार्फत् अधिकारीको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८१ पौष २० । प्रगतिशील लेखक सङ्घ मकवानपुरको नेतृत्वमा विशाल अधिकारी चयन हुनु भएको छ । नवौँ अधिवेशनमार्फत् अधिकारीको नेतृत्वमा १० सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

समितिमा निम्नानुसारका व्यक्तिहरू रहनु भएको छः
१. अध्यक्ष, विशाल अधिकारी , २. उपाध्यक्ष, लिला उर्बशी, ३. सचिव, गायत्री रुपाखेती, ४. सहसचिव, रमेश अविरल, ५. कोषाध्यक्ष, विधान आचार्य, ६. सदस्य, राजकुमार चौधरी, ७. सदस्य, निलहरि ढुङ्गेल, ८. सदस्य, सूर्यबहादुर गोले, ९. सदस्य, विक्रम घलान, १०. सदस्य, मनोज मोक्तान ।

प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजित कार्यक्रमले उपाध्यक्ष विशाल अधिकारीको नेतृत्वमा वर्तमान कार्य समिति गठन गरेको हो । यस्तै लिला उर्वशी, विधान आचार्य, सूर्यबहादुर गोले, विक्रम घलान समेत पुनः नवगठित कार्यसमितिमा समेटिनु भएको छ ।

निभा शाह सम्मानितः
नवौँ जिल्ला अधिवेशनका क्रममा कवि निभा शाह सम्मानित हुनु भएको छ । साहलाई युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मानले सम्मानित गरिएको हो । प्रथम गणतन्त्रवादी कवि मिश्रको स्मृतिमा सो पुरस्कार बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले स्थापना गर्नु भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दनाले सम्मानित स्रष्टाको बारेमा मन्तव्य राख्दै शाह ‘मनसरा’ जस्तो परिवर्तनमुखी अपेक्षाको कविता लेखेर परिवर्तनको पक्षमा वकालत गर्नसक्ने क्षमताको स्रष्टाका रूपमा आफूले चिनेको बताउनुभयो । २२ हजार २ सय २२ रुपैयाँ राशिको सो सम्मानबाट यसअघि रामेश (रामेश्वर श्रेष्ठ) र पुरूषोत्तम आचार्य सम्मानित भइसक्नु भएको छ ।

चिरञ्जीवि लामिछानेले सहजीकरण गर्नु भएको कार्यक्रम हेटौँडा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

०००
-संप्रस पाैडेल, हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x