फित्काैली डटकमकर्मदा सिर्जना मञ्चकाे ४४ औँ स्वतन्त्र काव्यगाेष्ठी सम्पन्न
प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि तथा समीक्षक कलानिधि दाहाल, गङ्गा लिगल, र जनार्दन अधिकारी धड्कनकाे गरिमामय उपस्थिति थियो ।

लमजुङ, २०८१ पुस २५ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४४ औँ स्वतन्त्र एवं १४१ औँ लेखनाथ जयन्ती विशेष काव्यगोष्ठी अध्यक्ष जगदीशश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भयाे । प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि तथा समीक्षक कलानिधि दाहाल, गङ्गा लिगल, र जनार्दन अधिकारी धड्कनकाे गरिमामय उपस्थिति थियो ।
स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य,भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ ।
यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द,चारु, तथा सुसेली रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए । कवि शिरोमणि लेखनाथका सिर्जना वाचन गरिएको थियो ।
यस अवसरमा रचना वाचन गर्ने कवि पुरुषोत्तम सिग्देल-स्रग्धरा-यही हिमाली धरा, कलानिधि दाहाल- अनुष्टुप्- उपमेह बन्यौ तिमी, डा. देवी पन्थी- चारु, गङ्गा लिगल- शार्दूलविक्रीडित- ज्ञान भण्डार हो , जनार्दन अधिकारी धड्कन- भुजङ्गप्रयात- छ पत्यार लाग्दो यही जिन्दगानी, जगदीश्वर पोखरेल- शिखरिणी- कवि शिराेमणि, दुर्गाप्रसाद सिग्देल- स्रग्विणी- डम्डमी डमरु, सुशीलकुमार रिजाल- इन्द्रवज्रा- कति माया, शारदा कार्की- शिखरिणी- हलेसी दर्शन, लक्ष्मीप्रसाद मिश्र- सुसेली- श्रद्धा सुमन, विष्णुप्रसाद पौडेल, उत्तम भेटुवाल- अनुष्टुप्- कवि र कविता, ललिता दोषी खरेल- स्वच्छन्द- स्वान्त स्वार्थ र उर्मिला पन्त पाण्डेय- स्वच्छन्द- शुभकामना शीर्षकको रचना वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए ।
उहाँले कवि शिरोमणि लेखनाथले काव्यमा पुऱ्याएको योगदानको चर्चा गर्नु भयो । कविगोष्ठी महनीय भयो । विशिष्ट अतिथि तथा समीक्षक कलानिधि दाहालले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।
गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले लेखनाथको लालित्य भाग १ को अल्छीको सातसुरे उद्यो-वीणा र कुचो शीर्षकका रचना वाचन गर्नु भएको थियो । सहभागी स्रष्टअहरूले शिरोमणिका रचना वाचन गरे । वाचन गरेका सबै रचना शिरोमणिमा समर्पण गरिको थियो । कविगोष्ठीको संयोजन पोखरेलले नै गर्नु भएको थियो । कविगोष्ठी सञ्चालक पनि जगदीश्वर पोखरेलले कुशलता पूर्वक सञ्चालन गर्नु भएको थियो ।
वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले संस्थको संक्षिप्त गतिविधि तथा स्वागत गर्नुभएको थियो । सम्पूर्ण स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।
०००
-जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































