सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली सेलो

माता र पिता द्याैता हुन् सयमा खाँटी नेता हुन् । बुढ्यौली जून डाँडाको पहेंलो घाम टाढाको । देखिन्छ कति सुन्दर किन्नरी हुन् कि किन्नर ॥

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

आमाको धर्म गुनिलो
बुवाको कर्म नुनिलो-
धर्म र कर्म मिलेर
जीवन बन्यो सुनौलो ।

झरेर दाँत थोते भो
बोलेको पनि तोते भो ।
ठान्दैन युवा प्रखर
आखिर बुवा शिखर ।

पुरानो नयाँ सुन हो
नयाँले देख्ने गुन हो ।
चिनेमा हीरामोती हो
आँखाको नानी ज्योति हो ।

नानीको ज्योति उचाल्ने
भोलिको बानी बसाल्ने-
माता र पिता द्याैता हुन्
सयमा खाँटी नेता हुन् ।

बुढ्यौली जून डाँडाको
पहेंलो घाम टाढाको ।
देखिन्छ कति सुन्दर
किन्नरी हुन् कि किन्नर ॥

०००
रानीबन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पद, पैसा र पावरको कमाल

पद, पैसा र पावरको...

डा. बमबहादुर जिताली
रत्यौली

रत्यौली

डा. बमबहादुर जिताली
सुकेलुतो

सुकेलुतो

डा. बमबहादुर जिताली
नेताको गति

नेताको गति

डा. बमबहादुर जिताली
दशा हो कि दशैँ ?

दशा हो कि दशैँ...

डा. बमबहादुर जिताली
उँधो गति : उँभो खति

उँधो गति : उँभो...

डा. बमबहादुर जिताली
म जान्न वृद्धाश्रम

म जान्न वृद्धाश्रम

देवीप्रसाद मिश्र
आमा

आमा

फित्काैली डटकम
बाबुआमा (काव्यांश- ३०)

बाबुआमा (काव्यांश- ३०)

दीनानाथ पाेखरेल
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x