साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवकाे राष्ट्रिय एकता दिवस तथा कवि गोष्ठी समारोह

उपाध्यक्ष विमल अर्यालको सभापतित्व, प्रा.गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्य, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल, मधुसूदन घिमिरे, मेघराज ढकालको विशेष आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाै. २०८१ पुष २७ । अभिनव साहित्य समाजले २७५ औ शृङ्खला अन्तर्गत पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस तथा कवि गोष्ठी सम्पन्न गरेको छ ।

उपाध्यक्ष विमल अर्यालको सभापतित्व, प्रा.गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्य, बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल, मधुसूदन घिमिरे, मेघराज ढकालको विशेष आतिथ्य, शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको धन्यवाद ज्ञापन तथा समीक्षात्मक मन्तव्यमा सो कार्यक्रम सम्पन्न भएको हाे ।

पृथ्वीनारायण शाह देशको एकीकरणमा नेतृत्वदायी भूमिकामात्र हैन साहित्यकार पनि थिए भन्ने भावना राख्दै उहाँलगायत अन्य अतिथि गणले आजकै सन्दर्भ पारेर आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

सहभागीहरुमध्ये मधुसूदन ढुङ्गेल, सुरेशचन्द्र घिमिरे र विजय बस्नेतका रचनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । अन्य सहभागिहरुमा सुशील आचार्य, सरिता दुलाल घिमिरे, ठाकुरप्रसाद खतिवडा, बि.पी. इलामे, बद्री सुवेदी, दिवाकर चालिसे, मधुसूदन आचार्य, परशुराम पराशर, दिवाकर नेउपाने, रघुनाथ आचार्य र लट्स लाइट स्कुलका केही विद्यार्थीसमेत ५५ जनाको उपस्थति रहेको थियो ।

०००
-वेदमणि घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x