फित्काैली डटकमभेषजराज प्रतिष्ठानको मासिक रचनावाचन ८० औँ शृङ्खला
प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार सह प्राध्यापक डा. अच्युतशरण अर्यालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका भट्टराईलगायतकाे उपस्थिति थियाे ।

स्याङ्जा, २०८१ पुर २७ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचनावाचनको ८० औँ शृङ्खला सम्मपन्न गरेको छ ।
वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न गरिएको उक्त कार्यक्रम प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार सह प्राध्यापक डा. अच्युतशरण अर्यालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका भट्टराई, उपाध्यक्ष सूर्यप्रसाद डुम्रे, श्रवण कुमार प्रतिष्ठान नेपालका अध्यक्ष सीताराम अधिकारी, मातापिता प्रतिष्ठानका सचिव भरत बगाले, कवयित्री दमकुमारी बगाले, कविहरू कमल बगाले, ढालबहादुर केसी, गजलकार दिलीप तिवारीले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गोपाल मल्ल, मोती खनाल, शीतला पाठक बगाले लगाततको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा सचिव श्यामप्रसाद ढुङ्गानाले स्वागत मन्तव्य गर्नुभएको थियो ।
०००
– श्याम ढुङ्गानाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































