साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा कृष्ण गिरीको ‘पसिनाको पोको’ कविता सङ्ग्रहमाथि समीक्षा

अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतlथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

दाङ, २०८१ पौष २६ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९४ औँ श्रृङ्खलामा साहित्यकार कृष्ण गिरीको ‘पसिनाको पोको’ कविता सङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भयाे ।
दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हाे ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतlथ्य रहेकाे थियाे ।

नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले कविता सङ्ग्रहको समीक्षा गर्नुभएको थियो ।
पसिनाको पोको कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोधलाई उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीतिलगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताउनुभयो ।

प्रमुख अतिथि आचार्यले विचार बिनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कवितामार्फत कृति ल्याउन सकेको बताउनुभयो ।

कवि, लेखकले विचार र कलालाई शृङ्गारिक रूपमा कलात्मक ढङ्गले व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै सर्जक गिरीको कविता सङ्ग्रह पसिनाको पोकोमा वैचारिक रूपमा विविधता भरेर कृति ल्याएको टिप्पणी गर्नुभयो ।
कृतिको समिक्षा गर्दै डा. पन्थीले साहित्यकार गिरीको २४ वटा कविता संग्रहित पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रूपमा उजागर गरेको बताउनुभयो । ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरुको गिरी वंशावली खकन कविता संग्रह २०६४ प्रकाशन गरिसक्नु भएको छ ।

लेखक सङ्घ दाङ अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली ,निवर्तमान तथा सल्लाहकार अध्यक्ष दीपक शर्मा “समीर” प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य राम प्रसाद जैसी, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, देवेन्द्र रिजाल,नरेशजङ्ग राणा, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का,समान्तार अनलाइनका सम्पादक छवि पुरी,रङ्गभूमिका टेलिभिजन हुम रेग्मी, नारायणपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष मदनकुमार बस्नेत लगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरूमा प्रकाश केसी, मदन गिरी, रीमा गाैतम,शान्ता रोका, सुशीला आचार्य, गणेश सुवेदी हरिप्रसाद पौडेल, एकराज शर्मा अधिकारी, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, कमला रिजाल, नवराज देवकोटा, देवेन्द्र रिजाल, धनसिंह गिरी, हिरा डिसी, नवराज देवकोटा, हरिप्रसाद पाण्डे, कुलबहादुर वली, महेश कुमार न्यौपाने, रामप्रसाद देवकोटा, कृष्ण प्रसाद गौतम, शैलजा शर्मा, चन्द्रप्रकाश देवकोटा, गिरिराज खनाल, अनिल गिरी, लगायतका साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो।

कार्यक्रममा “पसिनाको पोको” पुस्तकका लेखक कृष्ण गिरीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x