साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार गाम्नागेकाे नयाँ कृति ‘दलालशाला’ सार्वजनिक

मञ्जरी प्रकाशनद्वारा प्रकाशित ‘दलाशाला’ ८ वर्षीय पनातिदेखि ८७ वर्षिय महाहजुरबुबासम्मको चार पुस्ताको सहभागितामा कृति सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

गाैरादह झापा, २०८१ पुस २९ । सिस्नुपानी नेपालका अध्यक्ष एवम् हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेकाे नयाँ हास्यव्यङ्ग्य कृति ‘दलालशाला’ सार्वजिक भएकाे छ ।

गाम्नागेकाे याे पछिल्लाे कृति हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह उहाँकाे गृहजिल्ला र गृहगाउँ गाैरादहकाे घरगृह परिसरमै सार्वजिक गरिएकाे हाे ।

‘आमाको अस्वस्थताका कारण ठुलो समारोह गर्न सम्भव भएन । तर त्योभन्दा ठूलो समारोहबीच आमा ( ‘हाम्रा पनि कथा छन्’ का सर्जक लक्ष्मीमाया भट्टराई) तथा बुबा चिदानन्द भट्टराई (‘आत्मवृत्तान्त र स्मृतिपुञ्ज’का सर्जक)को प्रमुख संरक्षकत्व र दाजु डा. शिवराज भट्टराई (‘राँको बालेर यात्रामा’ का सर्जक) को विशेष उपस्थिति सावर्जनिक गरिएकाे गाम्नागेले बताउनु भएकाे छ ।

मञ्जरी प्रकाशनद्वारा प्रकाशित ‘दलाशाला’ ८ वर्षीय पनातिदेखि ८७ वर्षिय महाहजुरबुबासम्मको चार पुस्ताको सहभागितामा कृति सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाम्नागेकाे साठी वर्षे जवानीमा प्रवेश कार्यक्रमसँगै कृति सार्वजनिकीकरण गरिएकाे कुरा सहभागीहरूले जनाएका छन्।

गाम्नागेलाई भैरव अर्याल पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिँदै आएकाे भैरव पुरस्कार (२०८१) द्वारा रू. १,११,१११ नगद र सम्मानपत्रसहित भर्खरै सम्मानित गरिएकाे थियाे ।

फित्काैली डटकमकाे सम्पादकीय समूहमा समेत रहनु भएका गाम्नागेलाई नवीन हास्यव्यङ्ग्य कृति सार्वजनिकीकरणका अवसरमा फित्काैली परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x