सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुसेलीका अध्यक्ष दुर्गा भमरकोटे सम्मानित

सम्मान कार्यक्रममा उपस्थित कवि साहित्यकारहरूले रचना वाचन अन्तरगत शीत, सुसेली, मुक्तक वाचन, शीत, सुसेली र गीत गायन सहित कविताहरू वाचन गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ पुस २९ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालको १९ ओै वार्षिक दिवस समारोह तथा ९६ ओैं कुलमणि देवकोटा जन्म जयन्ती समारोहको अवसरमा सुसेलीका अध्यक्ष दुर्गा भमरकोटेलाई सम्मानित गरिएकाे छ ।

साहित्य, शिक्षा, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रदान गरिने पुरस्कार / सम्मान तथा विभिन्न विधार्थीहरूलाई प्रदान गरिने स्वास्थ्य शैक्षिक छात्रवृत्ति वितरण कार्यक्रममा
जगतकुलमणिकविन्द्र त्रिनक्षत्र साहित्य पुरस्कार (नगद रू.५०००/- द‍ोसल्ला र सम्मान पत्र) सहित पाल्पा उधोग वाणिज्य संघको सभाकक्ष, पाल्पामा सुसेली प्रवर्तक भमरकोटेलाई सम्मानित गर्ने कार्यक्रम रहेकोमा प्रतिकुल स्वास्थ्य अवस्थाका कारण भमरकोटे कार्यक्रममा उपस्थित हुन असमर्थ हुनुभएकोमा वरिष्ठ साहित्यकार, पाल्पा साहित्य समाजका अध्यक्ष तथा शीत उप-विधा परिकल्पनाकार श्री पुष्कर अथक रेग्मीले शीत काव्य समाज नेपालले सुख शान्ति मिडियाको हल माछापोखरीमा आयोजना गरेको भव्य कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार दुर्गा अधिकारी भमरकोटेलाई प्रदान गर्नुभएको छ ।

कार्यक्रममा अध्यक्षता : कृष्ण के.सी. (प्रथम शीत ईश्वर), प्रमुख अतिथि : पुष्कर अथक रेग्मी, विशिष्ट अतिथि : दुर्गा अधिकारी भमरकोटे (सुसेली प्रवर्तक), अतिथि/ स्रष्टा / द्रष्टाहरू टंक बहादुर बजगाइँ (उतार विधा), निर्मल रमण पराजुली (अध्यक्ष घुम्ती मुक्तक), भोजभक्त कँडेल (साहित्यकार), सत्यनारायण ढकाल (साहित्यकार / संगीतकार), अमर अधिकारी (स्रष्टा), सुशीला ढकाल अधिकारी (साहित्यकार), भोजराज न्यौपाने (साहित्यकार), होमनाथ पुडासैनी (भजनकार), राजेन्द्र वर्तौला (अन्तर्वार्ताकार), रोमा लम्साल (मुक्तककार), कृष्ण प्रसाद पौडेल (गायक), वासुदेव ठकुरी (स्रष्टा), सुनिता बुढाथोकी (स्रष्टा), दीपा दियाली (गायिका), अमृता कौशल (गायिका), जमुना बजगाइँ (स्रष्टा), पार्वती रिमाल (स्रष्टा), पार्वती घिमिरे (स्रष्टा), विमला ढकाल (अध्यक्ष, शीत काव्य समाज वागमती प्रदेश), विश्वास ढकाल (पत्रकार) सहभागिता रहेकाे थियाे ।

सम्मान कार्यक्रममा उपस्थित कवि साहित्यकारहरूले रचना वाचन अन्तरगत शीत, सुसेली, मुक्तक वाचन, शीत, सुसेली र गीत गायन सहित कविताहरू वाचन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x