सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

को हुन् वृद्ध ?

साँच्चै देखिन थाल्छ वृद्धवय जो निस्तेजमा अङ्गको मात्रै केस फुलेर दाँत नहुँदा बन्दा बिनाढङ्गको कल्ले गर्दछ मान त्यो समयमा दिक्दार बन्छन् अनि बेलैदेखि गरेर होस सबले पारौँ उज्यालो जुनी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

पार्छन् सन्तति उच्च धीर मतिका सानै हुँदा प्रेमले
शिक्षा स्वास्थ्य विवेक धार्मिककला अर्थ्याउँछन् वृद्धले
सोझो बन्न सिकाउँछन् कुमतिका खुस्काउँदै चुक्कुल
छन् धेरै परिकल्पना सुखदका यी वृद्धमा अक्कल ।।

पुत्रीपुत्र समालिए यदि भने ती वृद्ध साँचा बने
हुन्छन् विघ्न गराउने जब भने ती वृद्ध काँचा बने
पाकामात्र बनेर हुन्न दुनियाँ बन्छन् निराशा भने
केही अर्थ हुँदैन वृद्धजनको साँढे बढे छन् भने ।।

जो हुन् वृद्ध समाजका धरहरा तीबाट बन्छन् नर
उठ्तैनन् जब भूमिबाट तिनले भत्काउने छन् घर
पाकामात्र भनेर हुन्न सजिलो पाका बनेनन् भने
केही अर्थ रहेन वृद्धजनले जुक्ती दिएनन् भने ।।

पाको बन्न उमेरले धकेलिँदा उत्तीर्ण हुन्छौँ सबै
विद्यार्थी हुनु छैन पूर्व गुरुको झेल्ने परीक्षा खुबै
पाकाको गुण देखियो सकलमा भित्री कुराले जब
त्यो हो पूर्ण सुबासिलो प्रखरता भित्र्याउने मानव ।।

साँच्चै देखिन थाल्छ वृद्धवय जो निस्तेजमा अङ्गको
मात्रै केस फुलेर दाँत नहुँदा बन्दा बिनाढङ्गको
कल्ले गर्दछ मान त्यो समयमा दिक्दार बन्छन् अनि
बेलैदेखि गरेर होस सबले पारौँ उज्यालो जुनी ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाबाबिनाको घर

बाबाबिनाको घर

कविराज घिमिरे
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
वृद्ध मुक्तकहरू

वृद्ध मुक्तकहरू

कविराज घिमिरे
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
वृद्ध चिन्तन

वृद्ध चिन्तन

कविराज घिमिरे
नातिको चिन्ता

नातिको चिन्ता

रामशरण न्याैपाने
बाबुआमा (काव्यांश- ३५)

बाबुआमा (काव्यांश- ३५)

दीनानाथ पाेखरेल
आमाको मन छट्पटी …

आमाको मन छट्पटी …

घनश्याम रेग्मी
आमाको अवसान

आमाको अवसान

खगेन्द्र दाहाल
0
Would love your thoughts, please comment.x
()
x