साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को हुन् वृद्ध ?

साँच्चै देखिन थाल्छ वृद्धवय जो निस्तेजमा अङ्गको मात्रै केस फुलेर दाँत नहुँदा बन्दा बिनाढङ्गको कल्ले गर्दछ मान त्यो समयमा दिक्दार बन्छन् अनि बेलैदेखि गरेर होस सबले पारौँ उज्यालो जुनी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

पार्छन् सन्तति उच्च धीर मतिका सानै हुँदा प्रेमले
शिक्षा स्वास्थ्य विवेक धार्मिककला अर्थ्याउँछन् वृद्धले
सोझो बन्न सिकाउँछन् कुमतिका खुस्काउँदै चुक्कुल
छन् धेरै परिकल्पना सुखदका यी वृद्धमा अक्कल ।।

पुत्रीपुत्र समालिए यदि भने ती वृद्ध साँचा बने
हुन्छन् विघ्न गराउने जब भने ती वृद्ध काँचा बने
पाकामात्र बनेर हुन्न दुनियाँ बन्छन् निराशा भने
केही अर्थ हुँदैन वृद्धजनको साँढे बढे छन् भने ।।

जो हुन् वृद्ध समाजका धरहरा तीबाट बन्छन् नर
उठ्तैनन् जब भूमिबाट तिनले भत्काउने छन् घर
पाकामात्र भनेर हुन्न सजिलो पाका बनेनन् भने
केही अर्थ रहेन वृद्धजनले जुक्ती दिएनन् भने ।।

पाको बन्न उमेरले धकेलिँदा उत्तीर्ण हुन्छौँ सबै
विद्यार्थी हुनु छैन पूर्व गुरुको झेल्ने परीक्षा खुबै
पाकाको गुण देखियो सकलमा भित्री कुराले जब
त्यो हो पूर्ण सुबासिलो प्रखरता भित्र्याउने मानव ।।

साँच्चै देखिन थाल्छ वृद्धवय जो निस्तेजमा अङ्गको
मात्रै केस फुलेर दाँत नहुँदा बन्दा बिनाढङ्गको
कल्ले गर्दछ मान त्यो समयमा दिक्दार बन्छन् अनि
बेलैदेखि गरेर होस सबले पारौँ उज्यालो जुनी ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x