
हामी बिच रहनु भएन साहित्यकार श्रीधर खनाल
नमरी संसार देखिन्न (२०२०), उल्लीबिल्ली (२०३० सहलेखन), चट्याङचुटुङ (२०५७) जस्ता हास्यव्यङ्ग्य कृतिका स्रष्टा खनाल भैरव पुरस्कार (२०५०), वासुदेव लुइँटेल पुरस्कार (२०५७) द्वारा सम्मानित हुनुभएकाे थियाे ।

काठमाडाैं, २०८१ माघ ३ । साहित्यकार श्रीधर खनालको ९४ वर्षकाे उमेरमा बिहान पौने ३ बजे निधन भएको छ।
नमरी संसार देखिन्न (२०२०), उल्लीबिल्ली (२०३० सहलेखन), चट्याङचुटुङ (२०५७) जस्ता हास्यव्यङ्ग्य कृतिका स्रष्टा खनाल भैरव पुरस्कार (२०५०), वासुदेव लुइँटेल पुरस्कार (२०५७) द्वारा सम्मानित हुनुभएकाे थियाे ।
१९८८ मङ्सिर ३ त्रिपुरेश्वर, काठमाडौंमा जन्मिनु भएका खनालका २० को दशकमा दीर्घवाहु उपनामबाट प्रकाशित शब्दभेदी लडाई, मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औंले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी जस्ता जासुसी उपन्यास कृति लोकप्रिय थिए ।
तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा विश्वामित्र नामबाट यौनप्रधान आख्यान लेखेर श्रीधर खनालले युवाहरूको मन जितेको कुरा पनि कसैले बिर्सेका छैनन् ।
सकुञ्जेल ८४ वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने खनाल अचानक देखिन छोड्नु भएपछि खोजतलास गरेर केही महिनाअघि ‘शब्दपथ खोजतलास’ मा उहाँबारे जानकारी दिइएको थियो।
दृष्टिविहिनहरूका लागि पुन: दृष्टि दान गर्नु भएका खनालले आँखाको उहाँकाे निधनपश्चात् नेपाल आँखा बैंकले उहाँको आँखाको निकालेकाे छ ।
पारिवारिक श्रोतको अनुसार उहाँको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियाे ।
०००
शब्दपथकाे समाचार सामग्रीकाे सहयाेगमा
Subscribe
Login
0 Comments
Oldest