साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चकाे ४५ औँ शृङ्खला शहीद विशेष

प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि वरिष्ठ कवि गणेश आत्रेय र वरिष्ठ कवि डा.बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा भव्य किसिमले सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ माघ १७ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४५ औँ स्वतन्त्र एवं शहीद विशेष काव्यगोष्ठी संस्थाका अध्यक्ष जगदीशश्वर पोखरेलले अध्यक्षता गर्नुभयो ।

प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देल, विशिष्ट अतिथि वरिष्ठ कवि गणेश आत्रे र वरिष्ठ कवि डा.बमबहादुर थापा जितालीको गरिमामय उपस्थितिमा भव्य किसिमले सम्पन्न भयो ।

स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ ।

यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, चारु, झर, मुक्तक तथा सुसेली रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए । शहीदको योगदानको चर्चा सिर्जनामा गरिएको थियो ।

यस अवसरमा रचना वाचन गर्ने कविहरूमा पुरुषोत्तम सिग्देल- स्रग्धरा- खाख देऊ जन्म भूमि, गणेश आत्रेय- अपराजिता र वियोगिनी- शहीद/सहिद-डनवाद , डा. बमबहादुर थापा जिताली-सवाई- शहीद, गयत्री चापगाईं स्रोता मात्र, जगदीश्वर पोखरेल-उपजाति- शहीद, दुर्गाप्रसाद सिग्देल- अनुष्टुप्- शहीदमा सलाम र मुक्तक, द्वारिका कुइकेल- सवाई- शहीद, लक्ष्मीप्रसाद मिश्र- सवाई- शहीदलाई सम्मान- सुसेली, उत्तम भेटुवाल- पञ्चामर- शहीदमा नमोनम, चन्द्रा न्यौपाने- असारे झ्याउरे-शहीद, चन्द्रावती अधिकारी-मुक्तक/ झर, सफलता न्यौपाने-सुसेली- शहीद, सुरेशचन्द्र घिमिरे- इन्दिरा-बुढ्यौली बेथा, सुधा बाँस्कोता ढकाल- पञ्चचामर- शहीद, दिपन्द्र घिमिरे तरङ्गी-सवाई- हाम्रा नेता र टेकबहादुर लौडारी-अनुष्टप् – शहीद सपना शीर्षकको रचना वाचन गर्नु भएको थियो ।

प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलले कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण हो । अहिले छन्द सबैको रोजाईको विषय बनिसकेको छ । छन्द बाटिका मौलौएको छ भन्नु भयो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय बस्तुलाई बिम्ब बनाएर रचना गरिएका थिए । आज वाचित रचनाले मन्त्र मुग्ध बनाए । कविगोष्ठी महनीय भयो । शहीदले राष्ट्रको निम्ति बलिदान गरे । शहीदका सपना साकार पार्नुपर्दछ भन्नु भयो । वाचित सिर्जनाको सुललित शैलीमा एक एक गरी समीक्षा समेत गर्नुभएको थियो ।

विशिष्ट अतिथि गणेश आत्रेयले नेपाली भाषाको रक्षा गर्न छन्दमा रचना गर्न सिक्नु पर्दछ भन्नु भयो । विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले शहीदले राष्ट्रमा गरेको योगदानको चर्चा गर्नु भेको थियो ।

गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले राणाको पञ्जाबाट नेपाललाई मुक्त गर्नको लागि शहीदले ज्यानको बलिदान गर्नुभयो । स्वतन्त्र भएर बोल्न पाएका छौँ । शहीदलाई सलाम गर्दछु भन्नुभयो । सहभागी स्रष्टाहरूले शहीदको वारेमा गरेका रचना वाचन गरे ।

कविगोष्ठीको संयोजन संस्थाका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले लालित्य शैलीमा सञ्चालन गर्नुभएको थियो । अध्यक्षले सम्पूर्ण स्रष्टाको गरिमायम उपस्थितिले शहीद विशेष कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
कृष्णदेव
कृष्णदेव
1 year ago

भव्य !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x