साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृभाषाको उन्नयनमा भाषिक-साहित्यिक पत्रिकाको योगदानबारे चर्चा

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो घर र परिवारमा नबोलिने र नपढिने भाषा क्रमश: लोप हुँदै जाने सम्भावना रहेको बताए ।

Nepal Telecom ad

ललितपुर, २०८१ माघ १७ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले ललितपुरस्थित कोपुण्डोलको सातोआकी भवनमा मातृभाषा साहित्यिक पत्रकारिता शतवार्षिकीको अवसर पारेर सङ्घका केन्द्रीय सचिवालय सदस्य तथा नलि: नेपालभाषा साहित्यिक मासिकका सम्पादक नरेशवीर शाक्यले “मातृभाषा साहित्यिक पत्रिका(नेपालभाषा) या अवसर व हाथ्य ” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालभाषाको साहित्यिक पत्रकारिताको इतिहास, योगदान र प्रभाव बारे कार्यपत्रमा प्रष्ट उल्लेख गरेका छन् ।

उनले मातृभाषा पत्रकारिताको थालनी धर्मादित्य धर्माचार्यको सम्पादनमा १९८२सालमा प्रकाशित नेपालभाषाको साहित्यिक पत्रिका ‘बुद्वधर्म’ बाट प्रारम्भ भएको तथ्य उजागर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरले आफ्नो घर र परिवारमा नबोलिने र नपढिने भाषा क्रमश: लोप हुँदै जाने सम्भावना रहेको बताए । उनले नेपालको मौलिक भाषा र लिपि बचाउँदै मातृभाषाको उत्थान,उत्पादन र प्रयोगमा जोड दिन सङ्घीय,प्रादेशिक र स्थानीय तीनवटै तहका सरकारले भाषा प्रशिक्षण,पाठ्यपुस्तक निर्माण र छापा वा विद्युतीय भाषिक-साहित्यिक पत्रपत्रिका प्रकाशनका लागि अहमभूमिका निर्वाह गर्नुपर्ने बताए ।अध्यक्ष ठाकुरले नयाँ पुस्तामा अङ्ग्रेजी भाषाप्रति बढ्दो अभिरूची, अङ्ग्रेजी माध्यममै पठनपाठन हुन थालेपछि नेपाली भाषा समेत बिस्तारै खस्किन थालेको बताए । उनले १२४ वटाभन्दा बढी मातृभाषाको अवस्था झन् चिन्ताजनक रहेको बताए ।ती भाषालाई बचाउन तिनको उत्पादन र प्रयोगमा अनिवार्यता रहेको उनको जोड दिए ।

कार्यक्रमका विशेष अतिथि प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य तथा वरिष्ठ पत्रकार शुभेच्छाविन्दु तुलाधरले उक्त कार्यपत्रमाथि आफ्नो धारणा राख्दै नेपालभाषाको भाषिक साहित्यिक पत्रकारिताको इतिहास र योगदानलाई प्रष्ट पारेको बताइन् ।

मातृभाषाको भाषिक पत्रकारितामा नेपालभाषाको गौरवमय इतिहास रहेको उल्लेख गर्दै भाषिक पत्रकारितालाई भाषा आयोगले ओैजारको रूपमा लिनुपर्ने उनले जोड दिइन् ।तुलाधरले अहिले अङ्ग्रेजी भाषाको प्रभावले गर्दा मातृभाषामा जस्तै नेपालीभाषामा समेत सङ्कट उत्पन्न हुन सक्ने सङ्केत गरिन् ।प्रेस काउन्सिलमा रहँदा आफूले गरेको भाषिक रिसर्चको स्मरण गर्दै उनले भाषा आयोग आशा र भरोसाको केन्द्र बन्नुपर्नेमा जोड दिँदै नेपाल साहित्यिक पत्रकार सङ्घले सरकारलाई सुझाव दिन सक्ने गरी भाषिक सम्मेलन गर्नुपर्ने अौचित्यमाथि प्रकाश पारिन् ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले मातृभाषाको उन्नायन र विकासका लागि आआफ्नो घरपरिवारबाटै प्रयोग गर्न र सिकाउन लाज मान्नु नहुने कुरामा जोड दिए । अध्यक्ष दुवालले नरेशवीर शाक्यद्वारा लिखित ‘मातृभाषा साहित्यिक पत्रिका(नेपालभाषा) या अवसर व हाथ्य’ विषयक कार्यपत्रले नेपालभाषा साहित्यिक पत्रकारिताको इतिहासलाई छर्लङ्ग पारेको बताउँदै नेपालको साहित्यिक र भाषिक पत्रकारितालाई अघि बढाउन सङ्घ प्रतिबद्ध रहेको उल्लेख गरे। सङ्घले नेपालकै साहित्यिक पत्रकारिताको इतिहासलेखन कार्य गर्न लागेको स्पष्ट पार्दै साहित्यिक पत्रकारिता क्षेत्रका समस्या निरूपणका लागि निरन्तर लागि परेको बताए ।

कार्यक्रममा सङ्घका केन्द्रीय सल्लाहकार नरेन्द्रबहादुर श्रेष्ठले उक्त कार्यपत्रमाथि चर्चा गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घ स्थापनाभए यता साहित्यिक पत्रपत्रिकाले झेल्दै आएका समस्यालाई समाधान गराउन योगदान पुर्याएकोमा खुसी व्यक्त गर्दै आफूले पनि सक्दो सहयोग पुर्याउने बताए।

कार्यक्रमको उद्घोषण सङ्घका केन्द्रीय महासचिव तथा प्राज्ञ चेतनाथ धमलाले ,केन्द्रीय कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले स्वागत मनतव्य र केन्द्रीय सदस्य पुण्यप्रसाद घिमिरेले धन्यवाद ज्ञापन गरे । यसैगरी सङ्घका केन्द्रीय सदस्य नानीमैयाँ अधिकारी र गजलकार जुमन किरणले प्रमुख अतिथि, विशेष अतिथि र अतिथिलाई खादा लगाएर स्वागत गरे भने कार्यक्रमको उपस्थिति गराउन सहजीकरण कवि राजाराम राउतले गरेका हुन् ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x