साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- २९)

यै हो दुर्भाव कालो यसतिर नभुलूँ नित्य आँखा उघारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

शोभा नौलो उदाओस् यस अवनिविषे वृद्ध हाँसेर बाँचून्।
हाम्रा सद्भाव हेरी मनुज कृत बुझी प्रेमले नित्य नाचून् ।।
अग्ला छन् भाव बुझ्ने दुहित र दुहिता नित्य साँचून् विचारी ।।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४१।।

फ्याँकौँ दिक्दार वैरी ढुलमुल मनका दम्भ सन्ताप सारा।
नौलो झुल्कन्छ बेला सुरलय बटुली बग्छ उल्लास धारा।।
हुन् वृद्धावृद्ध मेरा गुरु कृत पथका पूज्य सङ्कष्टहारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४२।।

बन्ने सर्वाङ्ग नाङ्गो अकृत म नचुनूँ कष्ट के पस्न सक्छ?
छानी सत्कर्म सङ्ला सुकृत पथ भुले हर्षमा सर्प पस्छ ।।
कामी बाटो छ मैत्री हितफल मनका टिप्न बन्दा पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४३।।

गाऔँ सद्भाव गाना हरदिन घरमा शान्तिको राज हुन्छ।
पल्टाऔँ कर्मपाना युगलय कृतमा सौख्यको ताज हुन्छ।।
त्यागेमा कृत्य यस्ता दिल असुर बनी भोग्छ सङ्कष्ट भारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४४।।

पर्दा सङ्कष्ट मान्छे भवभर दगुरी देवता पुज्न थाल्छ ।
भर्ने उत्कृष्ट हाँसो सुखसयल दिने जन्मदाता पखाल्छ ।।
यै हो दुर्भाव कालो यसतिर नभुलूँ नित्य आँखा उघारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४५।।

०००
सुम्बेक, इलाम नगरपालिका- ०२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x