साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘ग्वंगचुलीको हिउँ’लाई‘ पवन आलोक नियात्रा पुरस्कार’

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मञ्जुल नेपालले नगद राशि २५ हजारसहित साहित्यकार श्रेष्ठलाई पुरस्कार प्रदान गर्दै मञ्जुलले नियात्रा साहित्यको उन्नयनका लागि समाजले गरेको कामको प्रशंसा गरेका थिए ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ माघ २१ । नियात्रा समाज नेपालले २०८० सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ तेजप्रकाश श्रेष्ठको नियात्राकृति ‘ग्वंगचुलीको हिउँ’लाई प्रदान गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार मञ्जुल नेपालले नगद राशि २५ हजारसहित साहित्यकार श्रेष्ठलाई पुरस्कार प्रदान गरे ।

पुरस्कार प्रदान गर्दै मञ्जुलले नियात्रा साहित्यको उन्नयनका लागि समाजले गरेको कामको प्रशंसा गरे ।

कार्यक्रममा कृतिकार श्रेष्ठले पुरस्कारले थप काम गर्न उर्जा मिलेको बताए । समाजका पूर्वअध्यक्ष प्रतीक ढकालले पुरस्कार स्थापनाको सन्दर्भ सम्झना गर्दै यसअघि नियात्राकारहरू भीष्म उप्रेती, डा. दामोदर पुडासैनी ‘किशोर’, इल्या भट्टराईका कृति पुरस्कृत भइसकेको जानकारी दिए ।

कार्यक्रममा नियात्राकारहरू उप्रेती, डा. पुडासैनी, छनोट समितिका श्रीओम श्रेष्ठ ‘रोदन’, समाजका अध्यक्ष मोहन चापागाईंले बोले ।

पुरस्कारकी संस्थापक रेखा कँडेलको लिखित मन्तव्य उद्घोषक भवानी खतिवडाले पढेर सुनाएकी थिइन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x