साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ३०)

आओस् उर्लेर बाढी मनुजमति धुँदै स्वच्छतामा उचाल्ने। हाँस्दै नाचेर बाँच्ने सहज हृदयको दुष्ट अल्छी पखाल्ने ।। कर्मी बाटो समाई खुरुखुरु म बढूँ ताप चिन्ता लगारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

लागोस् बन्नेछु अग्लो हित कृत थलिँदै लड्छु सत्कर्म लुक्दा ।
भेटिन्छन् कर्म उम्दा अनुभव अगिका वृद्धका सामु पुग्दा।।
लत्रन्छन् हातगोडा कृत क्रम थलिँदा कर्म छानूँ तिखारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४६।।

अग्ला हुन् वृद्ध जान्ने खुरुखुरु कृतको मार्ग पक्रूँ म सोधी ।
आफैँ बन्नेछु अग्लो हित कृत बटुली प्राप्तिको मार्ग बोधी ।।
सत्यात्मा शुद्ध भाँडो मनुजमन छुने नित्य राखूँ बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४७।।

फ्याँक्छन् सन्ताप जम्मै गृहपरिजनका चेतना शक्ति भर्छन् ।
गन्धे चोरीचकारी शठपन मनका नित्य तड्पेर डर्छन् ।।
छातीमा नित्य बोकूँ कृत असल चुनी मिल्छ सद्भ्रान्ति भारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४८।।

छातीले छान्न जानोस् कृत क्रम हितका वृद्ध हाँसून् क्रियाले ।
छोप्ने छैनन् बिचारूँ हृदयतल कहीँ दुष्टताका खियाले ।।
उठ्दै सत्कर्म पस्कूँ मृदु फल करमा टिप्न गर्दै तयारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।४९।।

आओस् उर्लेर बाढी मनुजमति धुँदै स्वच्छतामा उचाल्ने।
हाँस्दै नाचेर बाँच्ने सहज हृदयको दुष्ट अल्छी पखाल्ने ।।
कर्मी बाटो समाई खुरुखुरु म बढूँ ताप चिन्ता लगारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।५०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x