साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘विशृङ्खलित सपना’ को परिचर्चा कार्यक्रम सप्पन्न

राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षकअनिता कोइरालाले "विशृङ्खलित सपना"को परिचर्चा गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ माघ २५ । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार गोपी मैनालीको कथाकृति “विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न गर्‍यो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षकअनिता कोइरालाले “विशृङ्खलित सपना”को परिचर्चा गर्नु भयो ।

डा. अर्जुनदेव भट्टले ढाका टोपी लगाइ दिएर र अध्यक्षले फूलको माला लगाइ दिएर गोपी मैनालीलाई स्रष्टा सम्मान गरिएको थियो।

नियात्रा, निबन्ध र समालोचना आफ्नो पकड बनाइसकेका मैनालीको यो पहिलो कथा कृति हो। सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौले प्रकाशन गरेको यो कृतीमा सत्र कथा रहेका छन् ।

कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वबारे प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा कृतिकार वरिष्ठ कथाकार गोपी मैनालीले आफ्नो सिर्जनाबारे मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x