साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजकाे ९८ औं शृङ्खला सम्पन्न

Nepal Telecom ad

काठमाडाैं, २०८१ फाल्गुन १० । मनोहरा साहित्य समाजको ९८ औं शृङ्खला ग्लोबल पब्लिक स्कूलको सभाकक्षमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व, व्यंग्य साहित्यकार आर. सी. रिजालको प्रमुख तथा ज्येष्ठ नागरिक गौरवमय चौतारीका संयोजक छत्रभूषण दाहाल, ज्येष्ठ नागरिक समाजकै खोदनाथ चापागाईं तथा स्रष्टा पदयात्राका संयोजक शीतल गिरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष डिल्लीराज अर्यालले प्रमुख अतिथि लगायत उपस्थित सबैलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर कार्यक्रमको शुभारम्भ गरे लगत्तै स्रष्टाहरू सञ्जय सोती, ओम आचार्य, नूरदेव खनाल, बुद्धिसागर पौडेल, भावना न्यौपाने, वासुदेव पौडेल, राजेन्द्रकुमार बज्राचार्य, रेशिका पाण्डे, गंगाप्रसाद भेटवाल, सूर्यप्रसाद डुम्रे, भुवन शिवाकोटी चौघरे, प्रत्यूषा चौलागाई, दीनानाथ पोखरेल, सम्पत् काफ्ले, चेवन बस्नेत, टिपि बराकोटी, तोयानाथ सुवेदी, सुमन पुडासैनी मित्र, कृष्णप्रसाद पौडेल, भालचन्द्र भण्डारी, ज्ञानु पौडेल मदनराज घिमिरे, खोदनाथ चापागाईं लगायतका स्रष्टा हुनुहुन्थ्यो भने चिरञ्जीवी रेग्मी, कपिल अर्याल, नागेन्द्र आचार्य, बिनोद घिमिरे,अनन्त कुमार बस्नेत लगायतका सभ्य श्रोताहरूको भव्य उपस्थिति रहेको थियो।

स्रष्टाहरूका मीठामीठा र स्तरीय कविता, व्यङ्ग्य रचना, मुक्तक, गीत, गजल, मन्तव्य र शुभकामनाले कार्यक्रमलाई एकदमै रोचक बनाएको थियो ।

अन्त्यमा प्रमुख आमन्त्रित आर सि रिजालले आफ्नो मन्तव्यसहित व्यंग्य रचना वाचन गर्नुभएको थियोभने अर्का अतिथि दाहालले मन्तव्यसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव भावकेशर बरालले गर्नुभएको थियो ।

०००

– डिल्लीराज अर्यालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x