साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव वाङ्मय स्मृति पुरस्कार हास्यव्यङ्ग्यकार चिरञ्जीवी दाहाललाई‌

चितवन साहित्य सङ्गमका अध्यक्ष तथा प्रमुख अतिथि प्रकाश चापागाई, कार्यक्रमका सभापति रविन्द्र पौडेल, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा.कपिल अज्ञात र विशिष्ट अतिथि बाबुराम पाण्डेले संयुक्त रुपमा प्रदान ।

Nepal Telecom ad

चितवन २०८१ फागुन १० । भैरव वाङ्मय प्रतिष्ठानले २०६८ सालदेखि नियमितरूपमा प्रदान गर्दै आएको “भैरव वाङ्मय स्मृति पुरस्कार” यस वर्ष (२०८१ ) कवि तथा आख्यानकार चिरञ्जीवी दाहालको आत्मकथा “मुमूर्षा” कृतिलाई‌ प्रदान गरेको छ ।

आज एक समारोहका बीच चितवन साहित्य सङ्गमका अध्यक्ष तथा प्रमुख अतिथि प्रकाश चापागाई, कार्यक्रमका सभापति रविन्द्र पौडेल, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा.कपिल अज्ञात र विशिष्ट अतिथि बाबुराम पाण्डेले संयुक्त रुपमा “मुमूर्षा” कृतिका स्रष्टा दाहाललाई दोसल्ला, फूल माला र दश हजार एक रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा दाहालको पुरस्कृत कृति ” मुमूर्षा” को विषयमा प्रा. कपिल अज्ञात र केशवराज आमोदीले प्रकाश पारेका थिए ।

सो कार्यक्रममा महाकाव्यकार केशवराज आमोदी, प्रा.डा कर्ण बानियाँ, पूर्व क्याम्पस प्रमुख गोकर्ण मल्ल, गीतकार मुकुन्द पौडेल , कवि गणेश शर्मा पौडेल ’चन्दन’, सह प्राध्यापक पूर्णप्रसाद अधिकारी, साहित्यकार बाबुराम घिमिरे, साहित्यकार सिर्जन लम्साल, समालोचक मणि काफ्ले, गजलकार किसान प्रेमी, गजलकार रुविन पौडेल, कमला दाहाल लगायतले आ-आफ्नो मन्तव्य दिनुका साथै रचना वाचन समेत वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश चापागाईले दाहालको यो कृतिले हरेक पाठकको मन छुन सफल रहेको र दाहालको “बाघेझापु” हास्यव्यङ्ग्य कृति पनि उत्तिकै बेजोड रहेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण सह प्राध्यापक पूर्णप्रसाद अधिकारीले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x