साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १४५ औँ शृङ्खला सम्पन्न

रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, प्राज्ञ नरनाथ लुइँटेल, सुधा बाँस्कोटा ढकाल, उत्तम भेटुवाल, सुशील रिजाल, बिनुबाबा घिमिरे, दुर्गा अधिकारी, गङ्गा भण्डारी, टेकबहादुर लाैडारी, जलश्री भट्टराई, उषा खनाल, लक्ष्मी प्रसाद मिश्र हुनु हुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैंफ २०८१ फागुन १७ । शनिवार अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १४५ औँ मासिक कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षतामा भव्यरूपमा सम्पन्न भयो । संस्थाका महासचिव सुधा बाँस्कोटा ढकालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

प्रिविधिमैत्री माध्यमद्वारा संयाेजित आजको कविगोष्ठीमा विभिन्न छन्दका कविता, सुसेली रोचक ढङ्गबाट कविहरूले वाचन गरे । उपस्थित कविहरुले देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

सो अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, प्राज्ञ नरनाथ लुइँटेल, सुधा बाँस्कोटा ढकाल, उत्तम भेटुवाल, सुशील रिजाल, बिनुबाबा घिमिरे, दुर्गा अधिकारी, गङ्गा भण्डारी, टेकबहादुर लाैडारी, जलश्री भट्टराई, उषा खनाल, लक्ष्मी प्रसाद मिश्र हुनु हुन्थ्यो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नरनाथ लुइँटेलले संस्थाले जस्तोसुकै अवस्थामा कार्यक्रमलाई निरन्तरता दिइरहेकाेमा खुसी व्यक्त गर्नुभयाे ।
कविहरुले सिर्जनामा निखार ल्याउन अध्ययनलाइ पनि उतिकै महत्व दिनु पर्ने बताउनु भयाे । उहाँले देशमा विद्यमान विकृति बिरुद्ध व्यङ्ग्य गरिनुपर्छ भन्दै व्यङ्ग्य सिर्जना प्रस्तुत गर्नु भएकाे थियाे ।

सभाध्यक्ष भुवनहरि सिग्देलले आज वाचित कविता गुणस्तरका रहेकाे बताउँदै कविगोष्ठी गरिमामय भएकाे, सभ्य,भव्य र नव्य भएकाे उल्लेख गर्नु भयाे । वाचित कविताहरूकाे संक्षिप्त समीक्षा गर्दै कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु भयाे र गोष्ठी समापन गर्नु भएको थियो ।

०००
-सुधा बाँस्कोटा ढकालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x