साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिमा रामचन्द्र दाहालको उपन्यास अवसाद लोकार्पण

यस कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा हास्यव्यङ्ग्यकार नगेन्द्रराज पौडेल हुनुहुन्थ्यो भने अन्य अतिथिमा सुरभिका संरक्षक युवराज मैनाली, समीक्षक गोपी मैनाली, रामबहादुर पहाडी हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडौं, ०८१ फागुन १७ । सुरभि साहित्य प्रतिष्ठानको १७० औँ कार्यक्रममा रामचन्द्र दाहालद्वारा लिखित अवसाद उपन्यासको लोकार्पण गरिएको थियो ।

यस कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा हास्यव्यङ्ग्यकार नगेन्द्रराज पौडेल हुनुहुन्थ्यो भने अन्य अतिथिमा सुरभिका संरक्षक युवराज मैनाली, समीक्षक गोपी मैनाली, रामबहादुर पहाडी, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साहित्यकार विपिन देव र अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल रहनुभएको थियो ।

एक बजे सुरु भएको यस कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यपछि कथा वाचन भएको थियो । कथावाचनपश्चात् प्रमुख अतिथि र अन्य अतिथिहरुले संयुक्त रुपमा उपन्यास अवसादको विमोचन गर्नुभएको थियो ।

समीक्षक गोपीकृष्ण मैनालीले लोकार्पित पुस्तकको समीक्षा गर्नुभएको थियो भने अन्य वक्ताहरूले रामचन्द्र दाहाललाई बधाई तथा शुभकामना दिएका थिए ।

६० जनाभन्दा बढीको उपस्थिति भएको यस कार्यक्रममा सुशील आचार्य, रञ्जना पराजुली लम्साल, गीता बराल, सरिता दुलाल घिमिरे, मधुसूदनप्रसाद घिमिरे, आलोक चालिसे र अच्युत चालिसेले कथा र लघुकथा वाचन गरेका थिए ।

बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा लेखक रामचन्द्र दाहालले पुस्तक लेख्ने क्रममा आइपरेका विविध कुरालाई प्रस्तुत गर्नुभयो ।

०००
-परशुराम पराजुलीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x