साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीको शिवरात्री र फागु विशेष वाचन सम्पन्न

वरिष्ठ कवि कलानिधि दाहाल र सुसेली संरक्षक चन्द्रा न्यौपाने विशिष्ट अतिथि रहेको राष्ट्रिय सुसेली फाउन्डेसनको त्रिसट्ठीयौं कार्यक्रम सम्पन्न भएकाे छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ फागुन १७ । शनिबार वरिष्ठ कवि कलानिधि दाहाल र सुसेली संरक्षक चन्द्रा न्यौपाने विशिष्ट अतिथि रहेको राष्ट्रिय सुसेली फाउन्डेसनको त्रिसट्ठीयौं कार्यक्रम मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारीले स्वागत मन्तव्यबाट सुरु गरि सन्चालन गर्नु भएको थियो ।

१५ जना कवि साहित्यकारहरूको उपस्थितिमा संचालित महाशिवरात्री र फागु विशेष कार्यक्रममा विशिष्ट अतिथि कलानिधि दाहालले आज उपस्थित सबै कवि साहित्यकारहरूले सुसेली मात्रै सिर्जना नगरी अन्य काव्य विधामा समेत कलम चलाउनु पर्छ भन्दै सुसेलीको प्रगतिको प्रशंसा गर्दै आफूले रचना गरेका १० वटा भगवान शिव सम्बन्धी सुसेली गाएर सुनाउनु भयो ।

यसैगरी अर्की विशिष्ट अतिथि चन्द्रा न्यौपानेले सुसेली फाउन्डेसनले गरेको वनभोज कार्यक्रमको समीक्षा गर्दै सुसेली परिवारलाई शुभकामना दिएर सुसेलीले यस किसिमका कार्यक्रमहरू गरेर उदाहरणीय सन्देश दिएको कुरा उल्लेख गर्दै आफूले रचना गरेका भगवान शिव र फागु सम्बन्धित सुसेलीहरू वाचन गर्नु भयो ।

अन्य सुसेली गायन/वाचनमा सहभागी अतिथि कवि सुसेलीकारहरूमा उत्तम विचार भेटवाल, सुरेशचन्द्र घिमिरे, लक्ष्मीप्रसाद मिश्र, कल्पना भट्टराई, कल्पना अधिकारी भट्टराई, विमला ढकाल, दामोदर ढकाल सुमित्रा श्रेष्ठ र रामशरण न्यौपानेले भगवान शिव र फागु सम्बन्धित सुसेली गाएर सुनाउनुभयो ।

अन्तमा सभापति दुर्गा अधिकारी भमरकोटेले सुसेलीको यो त्रिसट्ठीयौँ कार्यक्रममा उपस्थित सहभागी र सहयोगी सबै कवि साहित्यकारहरूमा धन्यवाद ज्ञापन गर्नुका साथै शिवरात्री केही दिन अगाडि र फागु केही दिन पछि भए तापनि हाम्रो आस्थाका प्रतीक शिव र रंगहरूको पर्व फागु हरेक स्रष्टाले सम्झनुपर्ने महत्त्वपूर्ण दिनहरू भएका कारण सुसेलीले पनि बिर्सन नहुने कुरा बताउँदै आफ्ना शिव र फागुसंग सम्बन्धित सुसेली गाएर सुनाउँदै आउँदो बैशाख महिनामा हुने सुसेलीको वार्षिकोत्सव विशेष महत्त्वको हुन लागेकोमा सबैले सहयोग गरि सफल बनाउन अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x