फित्काैली डटकमविश्व कविता दिवसकाे अवसरमा झ्याउरे कविता वाचन कार्यक्रम
कार्यक्रममा प्रमुख अतिथि हरि मञ्जुश्रीले हाम्रो झ्याउरे विश्वकै पहिलो लोकलय भएको र यसलाई विश्वमा लिएर जाने अभियानमा सबैको साथको जरुरी रहेको बताउनु भयो ।

काठमाडौँ, २०८१ चैत्र ९ । विश्व कविता दिवसको अवसरमा काव्य घर नेपाल मिडिया प्रा.लि र झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा जुम माध्यमबाट दुई दिने चैत्र ७ र ८ गते ‘झ्याउरे कविता वाचन’कार्यक्रम सम्पन्न भएको छ ।
पहिलो दिन चैत्र ७ गते ‘भ्रष्टाचार विरुद्ध’का विषयमा कविता वाचन र झ्याउरे के हो ? यसलाई कसरी लेखिन्छ ? भन्ने विषयमा समेत विमर्श गरिएको थियो । सहभागीहरुले आफ्ना विचारसहित रचना बाचन गर्नु भएको थियो ।
दोस्रो दिनको कार्यक्रम चैत्र ८ गते विश्व कविता दिवसका अवसरमा विश्व भरिका विभिन्न स्रस्टाका झ्याउरे सिर्जना वाचन भएको थियो । नेपाल, भारत अस्ट्रेलिया, कतार अमेरिका, जापान लगायतका नेपालीभाषी तथा अन्तरदेशीय कविहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार हरि मञ्जुश्री, भारतबाट प्रा.डा सत्यप्रकाश तिवारी र प्रा.डा.सीता सुवेदी पन्थी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि हरि मञ्जुश्रीले हाम्रो झ्याउरे विश्वकै पहिलो लोकलय भएको र यसलाई विश्वमा लिएर जाने अभियानमा सबैको साथको जरुरी रहेको बताउनु भयो ।
त्यस्तै विशेष अतिथि सत्यप्रकास तिवारीले नेपालमा चरिरहेको झ्याउरे अभियानको प्रशंसा गर्दै भारतमा पनि यसलाई विस्तार गर्नेमा सहयोग गर्ने बताउँदै मञ्जरी खण्डकाव्यका केही झ्याउरे कवितालाई हिन्दीमा अनुवाद गरि बाचन समेत गर्नु भएको थियो । साथै हाम्रो नेपाली भाषालाई माया गरी नेपाली भाषामा समेत मञ्जरी बाचन गर्नु भएको थियो । उहाँले झ्याउरेको कार्यक्रम ऐतिहासिक भएको समेत बताउनु भयो ।
कार्यक्रमा अर्का अतिथि प्रा.डा सीता सुवेदीले हाम्रो मौलिक लोकलय झ्याउरे लेखन परम्परा र छन्दसूत्रका बारेमा चर्चा गर्दै सिर्जना वाचन गर्नु भएको थियो । दुई दिने जुनम मार्फत गरिएको कार्यक्रमा नयाँ पुराना स्रष्टालाई दुई दिननै सिर्जना वाचनको अवसर प्रदान गरिएको थियो ।
खगेन्द्र खनाल, लक्षिमा ज्ञवाली प्रा.डा.सत्यप्रकाश तिवारी, डा.सीता सुवेदी केशवराज पन्त, गोपाल दाहाल, सुमिता पौडेल र प्रेमप्रसाद भट्टराईले जानुका भट्टराई, गंगा खतिवडा र रेणुकाभट्टराई ‘मञ्जरी’ले ‘मेरो हजुर’ शोककाव्यबाट झ्याउरे कविता वाचन र रणबहादुर बुढाथोकीले झ्याउरे गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा दुई दर्जन बढि स्रष्टाहरुको उपस्थिति थियो । कार्यक्रम संयोजक काव्य घर नेपाल मिडिया प्रा.लि अध्यक्ष तथा अभियन्ता रेणुकाभट्टराईले सञ्चालन गर्नु भएको थियो । संयोजक भट्टराईले हाम्रो झ्याउरेलाई विश्वमा लैजाने अभियानमा यस कार्यक्रमले थप इँटा थप्ने कार्य गरेको र अभियान सफलताको नजिक रहेको बताउनु भयो ।
०००
श्नाेत : नेपालबोर्डर
Subscribe
Login
0 Comments
Oldest










































