फित्काैली डटकमकविता दिवसकाे अवसरमा मनोहरा साहित्य समाजकाे ९९ औं शृङ्खला
कार्यक्रम संस्थाका उपाध्यक्ष जसध्वज गुरुङको सभानायकत्व, व्यङ्ग्य साहित्यकार आर सि रिजालको प्रमुख तथा ज्येष्ठ नागरिक गौरवमय चौतारीका संयोजक छत्रभूषण दाहालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

काठमाडाैं २०८१ चैत ९ । मनोहरा साहित्य समाजको ९९ औं शृङ्खला कविता दिवसका दिन ग्लोबल पब्लिक स्कूलको सभाकक्षमा सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका उपाध्यक्ष जसध्वज गुरुङको सभानायकत्व, व्यङ्ग्य साहित्यकार आर सि रिजालको प्रमुख तथा ज्येष्ठ नागरिक गौरवमय चौतारीका संयोजक छत्रभूषण दाहालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यसमिति सदस्य चिरञ्जीवी रेग्मीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष गुरुङले प्रमुख अतिथि लगायत उपस्थित सबैलाई स्वागत गर्दै आफ्नो रचनावाचन गरेर रचनावाचन कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
त्यसपछि चलेको रचना वाचनको क्रममा सञ्जय सोती, सूर्यप्रसाद डुम्रे, चेवन बस्नेत, सरिता दुलाल, नूरदेव खनाल, राजेन्द्रकुमार बर्तौला, कृष्णप्रसाद पौडेल, धरणीधर गुरागाईं, विद्या अनामिका तिवारी, बुद्धिसागर पौडेल, छविलाल अधिकारी, कृष्ण गुरागाई, भावना न्यौपाने, सम्पत् काफ्ले, मोहन पन्थी, केशव ज्ञवाली, सरिता घिमिरे, माधव घिमिरे अटल, नवीन पल्लव, बि नन्द वैद्य, घनश्याम प्रसाईं, शारदा पराजुली, खोदनाथ चापागाईं, परशुराम पराशर, पदम दाहाल, यमबहादुर ज्योति, टिपि बराकोटी, लगायतका स्रष्टा हुनुहुन्थ्यो।
मनोहरा साहित्य समाजका समिति सदस्य चिरञ्जीवी रेग्मीले गर्नुभएको सो कार्यक्रममा कपिल अर्याल, यशोदा कार्की, विष्णु खनाल, नेत्र काफ्ले लगायतका सभ्य श्रोताहरूको भव्य उपस्थिति रहेको थियो।
स्रष्टाहरूका मीठामीठा र स्तरीय छन्द तथा मुक्त कविता, मुक्तक, व्यङ्ग्य रचना, गीत, गजल, भजन, मन्तव्य र शुभकामनाले कार्यक्रमलाई एकदमै रोचक बनाएको थियो ।
अन्त्यमा प्रमुख आमन्त्रित आर सि रिजालले आफ्नो मन्तव्यसहित व्यङ्ग्य रचना वाचन गर्नुभएको थियो भने अर्का अतिथि दाहालले मन्तव्यसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालले उपस्थित सबैलाई धन्यवाद दिंदै आफ्नो छोटो रचना सुनाएर कार्यक्रमको समापन गर्नुभएको थियो।
०००
– डिल्लीराज अर्यालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































