साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौतिसौँ मानव पुस्तक कार्यक्रममा कृति लोकार्पण र रचनावाचन

आख्यानकार तथा कवि विष्णुप्रसाद पन्तको सभापतित्वमा प्राज्ञ तथा लेखक डा.सूर्यप्रसाद पाण्डेको प्रमुख आतिथ्य र कवि हरिभक्त सिग्देल,  कवि तथा समालोचक ठाकुर शर्मा भण्डारीको विशिष्ट आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ चैत ९ । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँ र नवपुस्तकालय तथा जेष्ठ नागरिक समाजको संयुक्त आयोजनामा चौतिसौँ मानव पुस्तक कार्यक्रम सम्पन भयाे ।

आख्यानकार तथा कवि विष्णुप्रसाद पन्तको सभापतित्व, मानव पुस्तक व्यक्तित्वद्वय मध्येका कृषिविद्, प्राज्ञ तथा लेखक डा.सूर्यप्रसाद पाण्डेको प्रमुख आतिथ्य, नेपाल पूर्व सशस्त्र प्रहरी बल अतिरिक्त महानरीक्षक राजेश श्रेष्ठ, श्री सूर्य प्रार्थनाका अनुवादक अध्यात्म चिन्तक तथा कवि हिरिभक्त सिग्देल र यसै कृतिका चर्चाकार कवि तथा समालोचक ठाकुर शर्मा भण्डारीको विशिष्ट आतिथ्य र सुशीला शर्मा धमलाको निकै स्तरीय उद्घोषण रहेकाे थियाे ।

वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टको उत्कृष्ट स्वागत मन्तव्य सकिनासाथ विशिष्ट र प्रमुख मानव पुस्तक व्यक्तित्वका आआफ्ना क्षेत्रका विचारोत्तेजक विचार दुई घण्टामा सकिएपछि- “सूर्य प्रार्थना” कृति लोकार्पित भई यसको समीक्षा एवं कृतिकारका तर्फबाट मन्तव्य राखे लगत्तै पहिलो चरणको कार्यक्रम समाप्त भयो।

दोस्रो चरणमा शुभकामना र रचना वाचन सँगसँगै भए-यसका सर्जक, व्यक्तित्वहरू- तेजनाथ दङ्गाल, पूर्व सेनानी टङ्कबहादुर बजगाई, मेनुका आचार्य, गङ्गा खड्का, महेशप्रसाद रिजाल, गोविन्दराज पौडेल, कल्पना दाहाल, रामचन्द्र घिमिरे, निर्मलरमण पराजुली, भागीरथी ज्ञवाली, सुशीला शर्मा धमला, प्रार्थना खनाल, सुन्दर खड्का, निर्मला भट्टराई, लव खड्का, शशी आचार्य, व्यास कवि युवराज भण्डारी, कृष्णप्रसाद बस्यालले शुभकामना व्यक्त गरेका थिए ।

कलानिधि दाहालले धन्यवाद मन्तव्य दिएपछि, अन्त्यमा सभापतिको मन्तव्यसँगै कार्यक्रम विसर्जन भएकाे थियो।

यसै अवसरमा लघुकथाकार गङ्गा खड्का मुक्तिनाथ दर्शन साहित्य समाजको सदस्य र उनका श्रीमान श्यामकुमार खड्का यसै संस्थाको आजीवन सदस्य पनि बनेको सुखद् अवसर थियाे ।

०००
– कलानिधि दाहालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x