फित्काैली डटकमचन्द्रागिरि साहित्य सराेवरकाे ४१ अैाँ साहित्यिक कार्यक्रम
कार्यक्रम हरेक महिनाकाे दाेस्राे शनिवार ११ बजेबाट सुरु हुने गरेकाे छ । आजकाे कार्यक्रममा यस भेकका १६ जना कवि लेखकहरूकाे सहभागिता थियाे भने १३ जना स्रष्टाहरूले रचना सिर्जना सुनाउनु भएकाे थियाे ।
काठमाडाैं, २०८१ चैत ९ । चन्द्रागिरि साहित्य सराेवरकाे ४१ अैाँ साहित्यिक कार्यक्रम आज भव्य र सभ्य रुपमा सम्पन्न भयाे ।
कार्यक्रम हरेक महिनाकाे दाेस्राे शनिवार ११ बजेबाट सुरु हुने गरेकाे छ । आजकाे कार्यक्रममा यस भेकका १६ जना कवि लेखकहरूकाे सहभागिता थियाे भने १३ जना स्रष्टाहरूले रचना सिर्जना सुनाउनु भएकाे थियाे ।
आजकाे कार्यक्रममा गीत, गजल, कथा, कविता र साइनाे प्रस्तुत गरिएकाे थियाे । स्रस्टाहरु गाेविन्दशरण भण्डारी, सुभद्रा महत, हिरादेवी श्रेष्ठ, प्रा.सरिता पराजुली, कृष्ण बस्नेत (८२ वर्ष) उहाँले रेडियेामा गाउनु भएका गीत लगायत कविता सुनाउनु भएकाे थियाे ।
त्यसै गरी कार्यक्रममा जगन्नाथ तिमल्सिना, सुदन लुइँटेल, काशीराज सुवेदी, बलप्रतिभा प्राजना नेपाल, गाेपीचन्द्र कार्कपी, कृष्णबहादुर कार्की, हरिशरण आचार्य हुनु हुन्थ्याे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा गेापीन्द्र पाैडेल हुनुहुन्थ्येा भने कार्यक्रमकाे सञ्चालन गाेविन्दशरण भण्डारी र कृष्णबहादुर कार्कीले गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे सुरुवात राष्टिय गीतबाट भएकाे थियाे ।
०००
– गाेपीचन्द्र कार्कीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































