साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखिया, वैद्य र पहाडीलाई वासु स्मृति सम्मान तथा पुरस्कार

प्रसिद्ध साहित्यकार वासु शशीको ८९ औँ जन्मजयन्तीको अवसर पारेर डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजनना गरिएको कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार यादव खरेल हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ चैत १४ । वासु स्मृति परिषदले हिजो वरिष्ठ नाटककार मनबहादुर मुखिया, कविहरु विमल वैद्य र सन्ध्या पहाडीलाई सम्मानित र पुरस्कृत गर्‍यो ।

नेपाली साहित्यका प्रसिद्ध साहित्यकार वासु शशीको ८९ औँ जन्मजयन्तीको अवसर पारेर डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजनना गरिएको कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक एवं वरिष्ठ साहित्यकार यादव खरेलले वरिष्ठ नाटककार मनबहादुर मुखियालाई वासु शशी साहित्य सम्मान २०८१ बाट सम्मानित गर्नु भयो ।

यसैगरी चालीस दशकका कवि विमल वैद्यलाई वासु शशी साहित्य पुरस्कार २०८१ बाट नगद पच्चीस हजार सहित पुरस्कृत गर्नु भयो ।यसैगरी पचास दशककी कवि सन्ध्या पहाडीलाई कृष्ण-सरस्वती साहित्य पुरस्कार २०८१ बाट नगद नगद पच्चीस हजार सहित पुरस्कृत गर्नु भयो ।

वासु स्मृति परिषदकी उपाध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रममा परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चलचित्र निर्देशक एवं सर्जक प्रकाश सायमीले सम्मानित र पुरस्कृत सर्जकहरुबारे आफ्नो मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा सम्मानित र पुरस्कृतहरू मुखिया, वैद्य र पहाडीले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण परिषदका सदस्य यादव भट्टराईले गर्नु भएको थियो ।

वासु स्मृति परिषदका अध्यक्ष गणेश रसिक हाल गम्भीर बिरामीका कारण कार्यक्रममा अनुपस्थित रहनु भएको थियो । कार्यक्रममा कृष्ण-सरस्वती साहित्य पुरस्कारकी संरक्षक श्रीमती सरस्वती जोशी, परिषद्का सल्लाहकार राधेश्याम लेकालीलगायत साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

वासु शशी साहित्य पुरस्कारबाट यसअघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाईं, राधेश्याम लेकाली, मोमिला जोशी, श्यामल र प्रतिसरा सायमी पुरस्कृत भइसक्नु भएको छ ।

यसैगरी वासु शशी स्मृति सम्मानबाट वरिष्ठ साहित्यकारहरु तीर्थराज वन्त, डा. मोहन हिमांशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीता केशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य, हिरण्य भोजपुरे र किरण खरेल सम्मानित भइसक्नु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x